१२ श्रावण २०८१, शनिबार

मत्स्य विकासको चौमासिक गोष्ठी



धनगढी । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको द्वितीय चौमासिक तथा अष्टमासिक प्रगति गोष्ठि धनगढीमा शुरु भएको छ ।
गोष्ठिको एक समारोहबीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले उद्घाटन गरिन् ।

सो अवसरमा मन्त्री चौधरीले सरकारले प्रदेशमा कृषकहरूलाई सहज रुपमा विउविजन, मलखाद लगायतका कृषकलाई आवश्यक पर्ने उपकरण, अनुदान, सहुलियत लगायतका कार्यक्रम निर्माण गरिरहेको जनाएको छ ।

उनले कृषक, कर्मचारी र आम सर्वसाधारणले निस्वार्थ रुपमा काम गरे प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन असम्भव नरहेको बताइन । मन्त्री चौधरीले भनिन– कतिपय सरकारका नीतिले समस्या ल्याउँछ, कतिपयमा कर्मचारीको कमजोरी छन् भने कहि कृषकहरूले गल्ती गरिरहेका छन् ।’ उनले प्रदेश दुध, अण्डा, माछा, मासु लगायतमा आत्मनिर्भरको लक्ष्यमा पुग्न लागेको जानकारी दिइन ।

मन्त्रालयका सचिव डाक्टर किशनलाल भट्टको अध्यक्षतामा भएको कार्यक्रमबारे पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर मदनसिंह धामीले जानकारी गराएका थिए । निर्देशनालयका कार्यक्रम अधिकृत पुस्करराज नाथले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नौ वटै पशुपन्छी तथा मत्स्य विकास कार्यालय, पशु क्वारेन्टाइन कार्यालय, जिल्ला पशु सेवा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार