७ कार्तिक २०८१, बुधबार

बँदेल आतंक, गहुँबाली सखाप



डोटी । डोटीका ग्रामीण क्षेत्रमा जंगली बँदेलहरुले गहुँबाली नोक्सान गरिरहेको छ । बथानका बथान बँदेलले पाकेर भित्र्याउने वेला गहुँबाली नोक्सान गर्न थालेको किसानहरुले बताएका छन् ।

बँदेलको बथानले गहुँबालीका साथै मटर, मसुरो, तोरी तथा तरकारी समेत नोक्सान गरिरहेको छ । जोरायल गाउपालिका वडा नम्बर ५ का पदमसिंह खडायतले बदेलको आतंक बढेपछि स्थानीयले रातभरी जाग्राम बसेर चौकीदारी गरिरहेको बताए ।

खप्तड राष्ट्रिय निकुञ्ज तथा महाभारतको तेले क्षेत्रबाट आउने बदेलको बथानहरुले बालीनाली नोक्सान गरिरहेको स्थानीयले बताए । डोटीको शिखर नगरपालिका र दिपायलसिलगढी नगरपालिका तथा जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडा गाउमा केही दिनदेखि जंंगली बँदेलको आतंक बढको छ ।

शिखर नगरपालिका वडा नम्बर १ का रामसिंह ऐरले सात/आठ वटाको बथानमा आउने ब“देलले एकै रातमा तीन चार रोपनी जग्गाको अन्नबाली नोक्सान गरिरहेको बताए ।

डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जंगली बँदेलले किसानका खेतीबाली तथा तरकारी नोक्सान गरेमा मूल्यांकनका आधारमा १० हजार रुपैयासम्म क्षतिपूर्ति दिइने बताए ।

उनले भने– जंगली बँदेलले किसानको बालीनाली नोक्सान गरेमा कृषि कार्यालय, प्रहरी तथा सम्बन्धित स्थानीय तहको सिफारिसमा हामीले राष्ट्रिय निकुञ्जलाई क्षतिपूर्ति दिनका लागि सिफारिस गर्ने नियम छ । निकुञ्जले अधिकतम १० हजार रुपैयासम्म क्षतिपूर्ति दिन्छ ।’

संघीय वन तथा वातावरण मन्त्रालयले गत वर्षको असार महिनासम्म जंगली बँदेलले किसानको बालीनाली नोक्सानी गरेमा धपाउने, लखेट्ने तथा मार्नेसम्मको आदेश दिएको भए पनि यो वर्षदेखि सो नियम लागू गरिएको छैन ।

केआइसिंह गाउँपालिका वडा नम्बर ५ का किसान चेतराज भट्टले– किसानको बाली नोक्सान गर्ने ब“देल सहितका जंगली जनावर मार्न र धपाउन नपाउने तथा क्षतिपूर्ति नदिने भएपछि हामीले कसरी गुजारा गर्ने ?

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार