११ बैशाख २०८१, मंगलवार

भागरथी बलात्कार तथा हत्या घटना : अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा





धनगढी /
बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुबै जनालाई बिहिबार दरज्र्यानी चिन्ह प्रदान गरेका छन । त्यस्तै प्रहरी प्रधान कार्यालयले सोही घटनाको अनुसन्धानमा सकृय सहभागीता जनाई अपराधी पक्रन सफल भएको भन्दै डिआइजी सुवेदी सहित ५ जनालाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा लाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरेको छ भने इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दार पदमा पदोन्नति गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदी सहित पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुवर रहेका छन् ।

पुरस्कृत भएका डिआइजी सुबेदीले प्रहरीले कसैको दवावमा नरही काम गर्ने बातावरण भएका जस्तोसुकै अपराधीलाई समेत कानुनको कठघरामा उभ्याउन सकिने बताए । उनले संगठनले कामको मुल्यांकन गरेर पुरस्कृत गरेको बताउदै सम्मानले अझै प्रहरीको मनोबल उच्च हुनुका साथै संगठन प्रती निष्ठावान बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार