क्षयरोग निवारण संघको नयाँ कार्यसमिति गठन
धनगढी । नेपाल क्षयरोग निवारण संघ, कैलालीको नयाँ कार्यसमिति गठन भएको छ ।
शनिबार भएको संघको दशौं अधिवेशनबाट गिरिराज ओझाको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन भएको छ ।
कार्यसमितिमा भीमबहादुर शाह, खगेन्द्रराज जोशी, भूवनकुमार शर्मा, सरिता राना, रामदास राना, अनुप उपाध्याय, लोकराज पनेरु, केशरसिंह बम, गणेशप्रसाद जोशी र सुनैना श्रेष्ठ सदस्यमा चयन भएका छन् ।
संघका सचिव भीमबहादुर शाहले अध्यक्षबाहेक अन्यको भोली (सोमबार) पद विभाजन गरिने जानकारी दिए ।
यसअघि अविधेशनको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले उद्घाटन गरेका थिए ।
अधिवेशन शाखाका निवर्तमान अध्यक्ष भूवनकुमार शर्माको अध्यक्षतामा भएको थियो ।
संघका निवर्तमान उपसभापति केशरसिंह बमले स्वागत गरेको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव शाहले गरेका थिए ।