१० श्रावण २०८१, बिहीबार

अब जन्मिदै कम छोरीहरु



टीकापुर । टीकापुर नगरपालिका वडा नं १ एकतानगरकी पुनम गर्भवती हुनु भो । उनको पहिलो सन्तान छोरी थिइन् दोस्रो सन्तान पनि छोरी नहोस भन्ने दम्पतीकै चाहाना थियो । पहिलो सन्तान पनि भर्खर ११ महिनाकी मात्रै भएकाले पेटको सन्तान छोरी भए गर्भपतन गराउन दुवै जना सहमत थिए । सुरक्षित गर्भपतन गराउन मान्यता प्राप्त सरकारी अस्पताल र मेरी स्टोप्समा लिंग पहिचान गरेर भ्रुण हत्या गर्न नसकिने भएपछि धनगढी गएर निजी क्लीनिकमा सात हजार तिरेर जा“च गराए । भु्रण छोरा भएको थाहा पाएपछि गर्भपतन नगराएरै फर्किए ।

पहिलो सन्तान छोरी हुनेले अर्को सन्तान छोरी जन्मिन दिदैनन् भने पहिलो सन्तान छोरो हुनेले अर्को सन्तान नै नजन्माउने देखिएको छ । टीकापुर नगरपालिका वडा नम्वर ६ कि श्रेया पेशाले शिक्षक हुन, उनको एउटै ११ वर्षको छोरा छ । उनी भन्छन, ‘श्रीमान पनि काममा हुनुहुन्छ दुवै जना काममा भएकाले पहिलो सन्तान छोरा भए त्यसैमा चित्त बुझाउने पहिल्यै सल्लाह थियो पहिलो सन्तान छोरा नै भएपछि अर्को सन्तानको रहर रहेन ।’

अहिले युवा पुस्ता सन्तान एउटै होस् त्यो पनि छोरा होस् भन्ने चाहान्छन् । यसै वर्ष विहे भएकी टीकापुर वडा नंम्बर १ ब्लक २४ की भएकी अञ्जली छोरा भए एउटै सन्तानले पुगीहाल्छ भन्ने सो“चमा छन । बढी सन्तान भए खाली दुःख झेल्नुपर्छ, अञ्जली भन्छन, कथंकदाचित पहिलो सन्तान छोरी भैहाले परिवारले मान्दैन होलान् दोस्रो सन्तान जसरी पनि छोरै जन्माउनुपर्छ । पहिलो सन्तान छोरी भएकाले दोस्रो सन्तान छोरै पाउन भु्रण जा“च गराएको र छोरी भए गर्भपतन गराउने गरेको उनले देखेकी छिन ।

पछिल्लो समय धेरै सन्तान नचाहाने, छोरै चाहाने र पहिलो सन्तान छोरा भए त्यसैमा सीमित हुने युवा पुस्ताका कारण छोराको संख्या बढ्दैछ भने छोरीको संख्या घटदै गएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिका अन्तरगतका वर्थिङ सेन्टरमा जन्मिएका बालबालिकाहरुको तथ्यांक हेर्दा त्यस्तै देखिएको छ ।

टीकापुर अस्पतालमा आर्थिक वर्ष २०७४/७५ देखि २०७७ पुस मसान्तसम्म छ हजार चार सय ३१ बालबालिका जन्मिएकोमा बालकको संख्या तीन हजार ४०७ (५२.९८ प्रतिशत) छ भने बालिकाको संख्या तीन हजार २४ (४७.०२ प्रतिशत) छ । यो अन्तर पा“च दशमलव ९६ प्रतिशत हो । टीकापुर नगरपालिकाभित्रका स्वास्थ्य संस्थाका वर्थिङ सेन्टरमा यही अवधिमा सात हजार ४३ बालबालिका जन्मिएकामा बालक तीनहजार ७२७ (५२.९२ प्रतिशत) र बालिका तीन हजार ३१६ (४७.०८ प्रतिशत) छन् । टीकापुर नगरपालिकाको पाश्र्वचित्र २०७५ मा भएको तथ्यांकअनुसार पछिल्ला १४ वर्ष यता छोराको तुलनामा छोरीको संख्या घट्दै आएको देखाएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढी सूचना अधिकारी दिलिप श्रेष्ठले दिएको जानकारीअनुसार त्यहा २०७३/७४ यता ३३ हजार १७० बालबालिका जन्मेका छन् । यस अवधिमा बालक १८ हजार ८४७ (५६.८२ प्रतिशत) र बालिका १४ हजार ३२३ (४३.१८ प्रतिशत) मात्रै जन्मेका छन् । यहा“ बालिकाभन्दा बालक साढे १३ प्रतिशत बढी जन्मेका छन् ।

परिवार नियोजनको सुविधा भएका सुरक्षित गर्भपतन सेवा भएको तराई क्षेत्रमा मात्रै होइन पहाडी क्षेत्रमा पनि छोरीको जन्मदर घटदै गएको छ । सुदूरपश्चिम प्रदेश निर्देशनालयको तथ्यांकमा पनि छोरीको संख्या कम देखिएको छ । यहाँ २०७४/७५ देखि २०७६/७७ सम्म तीन वर्षमा एक लाख ३४ हजार २७६ बालबालिका जन्मेका छन् । यसमध्ये ७१ हजार ८४५ बालक छन भने बालिका ६२ हजार ४३१ मात्र छन् ।

तालिका हेर्नुहोस ।


जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी सुदूरपश्चिममा पुरुषप्रधान समाज छ, छोरालाई विशेष ग्राह्यता दिने चलन यथावत छ । तीन महिनामा गर्भजाँच गर्ने छोरा भए राख्ने, छोरी भए फाल्ने परिपाटीले यस्तो भएको हुन सक्ने बताए ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागकी समाजशास्त्री सुनिता रावत देशका सबै क्षेत्रमा स्वास्थ्यकर्मी, स्वास्थ्य सूचना र स्वास्थ्यको पहु“च पुगेको बताइन । एकातिर परिवार नियोजन र गर्भपतन सेवा सहज भयो अर्कोतिर छोरा सम्पत्ति र छोरी बोझ भन्ने मान्यता कायमै रह्यो समाजशास्त्री रावत भन्छन, ‘छोरीको सख्या घटनु जनसंख्याको असमानता, हो यसले परिवार निरन्तर नहुन सक्छ देशका लागि आवश्यक जनशक्ति नै उत्पादन नहुन सक्छ, त्यसैले लिंग परीक्षण गरेर गर्भपतन भईरहेको भयानक अवस्थालाई नियन्त्रण गर्नुपर्छ त्यसै त छोरालाई सहासी बहादुर हुनुपर्छ भनेर हुर्काइरहेका हुन्छौँ पछि परिवार नै भएन भने आत्महत्या, बलात्कार, निराशापन लगायतका सामाजिक समस्या आउन सक्छन् ।

टीकापुर अस्प्तालकी वरिष्ठ स्टाफ नर्स कल्पना खड्का हप्तामा दुई तीन जना जति लिंग परीक्षण गराएर गर्भपतनका लागि आउने गरेका तर त्यो गैर कानूनी भएकाले फर्काइ दिने गरेको बताइन । अस्पतालबाट फर्के पनि उनीहरु निजी क्लीनिक र भारतमा गएर पनि छोरीको भ्रुण हत्या गरेर आइरहेका छन् । नेपालमा २०५९ साल यता सरकारले अनिच्छित गर्भलाई सुरक्षितरुपमा पतन गराउन कानूनी मान्यता दिएको छ । महिलालाई सहयोग पुगोस् भनी गरेको व्यवस्था छोरीको जन्म रोक्नमा प्रयोग भएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ । पहिलो सन्तान छोरा भए परिवार नियोजन गर्ने र छोरी भए त्यसपछि छोरी जन्मनै नदिने प्रयास गरिरहेका छन् ।

मुलुकी अपराध (संंहिता) ऐन २०७४ को दफा १८८ मा लिंग पहिचान गरी गर्भपतन गराउनेलाई कारवाहीको व्यवस्था गरेको छ तर महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था छ । छोरी भए महिलाको मञ्जुरीमा र मान्यता प्राप्त संस्थामा नभए लुकीछिपी नेपालमै र भारतमा गएर गर्भपतन गराई रहेका छन् । यसरी हुने गर्भपतनले छोरीको संख्या घटदै गएको छ भने पटकपटकको गर्भपतनले महिलामा स्वास्थ्य जोखिम पनि बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार