१२ श्रावण २०८१, शनिबार

महिलाको घरभित्रको कामको महत्वबारे प्रतियोगिता



धनगढी । जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालको आयोजनामा धनगढीका विभिन्न विद्यालयहरुमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

फाया नेपालद्वारा सञ्चालित ‘स्वच्छताका लागि व्यबहारमा परिवार्तन परियोजना’ले आइतबार धनगढीको फूलवारी र उर्मा क्षेत्रका विभिन्न विद्यालयहरुमा ‘महिलाको घरभित्रको कामको महत्व’ को विषयमा प्रतियोगिता आयोजना गरिएको हो ।

धनगढी उपमहानगरपालिका वडा नं. १४ डि गाउँको जनजागृति मावि, १८ ए गाउँको चन्द्रोदय मावि, सि गाउँको पञ्चोदय मावि लगायत पाँच वटा विद्यालयमा प्रतियोगिता आयोजना गरिएको फाया नेपालकी इन्द्रा विकले बताइन् ।

प्रगियोगितामा सहभागी विद्यार्थीहरुले महिलाले घरभित्र गर्ने कामको महत्वबारे चर्चा गरेका थिए । उनीहरु मध्ये प्रत्येक विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार