१२ श्रावण २०८१, शनिबार

गजेन्द्रलाई युवा वर्ष सम्मान



धनगढी । रोयल कोलाबोरेटिभ्स नामक समुहका संयोजक गजेन्द्र शाही (गज्जु) लाई युवा वर्ष सम्मान प्रदान गरिएको छ ।
लोकेन्द्र मोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष वितरण गर्दै आएको युवा वर्ष सम्मान यस वर्ष शाहीलाई प्रदान गरिएको हो । संस्थाका अध्यक्ष तथा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु) ले सो पुरस्कारको पुरस्कार राशी पा“च हजार पा“च सय ५५ रहेको जानकारी दिए ।
धनगढीमा आपतकालीन कपडा घर र एक महिनासम्म निशुल्क खाना था फोन सेवा अभियान र अतिविपन्न परिवारलाई राहत वितरण तथा रक्तदान कार्यक्रम लगायतको योगलदानका कारण गजेन्द्रलाई सो सम्मान प्रदान गरिएको अध्यक्ष शाहले बताए ।
शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा नेपाली का“ग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र पार्टी सभापति शाहले सम्मानपत्र संयूक्त रुपमा प्रदान गरेका थिए ।
रोयल कोलाबोरेटिभ्स प्रालिका पा“च जनाको युवा समूहले गत जेठ ९ देखि यही असार ६ गतेसम्म लगातार भारतबाट आएका नेपाली नागरिकलाई निःशुल्क खाना तथा पानी वितरण गरेको थियो । कोरोनाका कारण रोजगार गुमाई भारतबाट आएका नेपालीलाई ६५ हजार छ सय तीन प्लेट खाना खुवाइएको थियो ।
योसंगै कोलाबोरेटिभ्स समुहले कोरोना महामारीकै समयमा रक्तदान, विद्यार्थीहरूलाई राहत, सुत्केरी तथा गर्भवती महिलाका लागि खाद्यान्न सहयोग लगायतका गतिविधि गरेको थियो । उनीहरूले दुइ सय ५७ सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, अण्डा, नुन, तेल, आलु वितरण गरेका थिए भने चार सय विद्यार्थीहरूलाई खाद्यान्न राहत वितरण गरेका थिए ।
समुहमा शाहीसंगै देवेन्द्र जोशी, ईन्द्र विनाडी, दिनेश शाह र रचित शाह संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार