खप्तड यातायातको कार्यसमिति चयन
धनगढी । खप्तड मालिका यातायात प्रालिको सञ्चालक समितिको अध्यक्षमा दिल बहादुर खोलौला चयन भएका छन ।
बिहिबार अत्तरियामा भएको प्रालिको प्रथम साधारण सभाले खलौलालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
साधारण सभाले यज्ञराज हमाल, हर्क बहादुर बिक, दिनेश चौधरी, खडक बहादुर लामा, खडक बहादुर मल्ल, जित बहादुर बि.क, भिम दत्त पाण्डेय, सुमित सिंह, राजु सुनार र सनेश कुमार हमाललाई सञ्चालक समितिको सदस्य चयन गरेको छ ।