११ श्रावण २०८१, शुक्रबार

धनगढी लेडि जेसिजमा दुई कार्यसमिति



धनगढी । धनगढी लेडि जेसिजमा दुई वटा कार्यसमिति चयन भएका छन् । शनिबार भएको भएको सातौ अधिवेशनबाट निर्मला श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ । भने शनिबार नै भएको अर्को अधिवेशनबाट पवित्रा धिक्ता पाण्डेयको नेतृत्वमा अर्को कार्यसमिति चयन भएको छ ।

लेडि जेसिज वर्ष २०२० का अध्यक्ष लक्ष्मी शाहको अध्यक्षतामा भएको सातौ अधिवेशनले अध्यक्षमा निर्मलालाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै, कार्यकारिणी उपाध्यक्ष धर्मा जोशीको अध्यक्षतामा भएको अधिवेशनले पवित्रालाई अध्यक्षमा चयन गरेको बताइएको छ ।

निर्मला नेतृत्वको कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा सरिता साउद र सरस्वति खड्का भट्ट चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा यशोदा जोशी, मेरिना क्षेत्री, मन्जु चन्द र लक्ष्मी ओझा रहेका छन् ।

निर्मला नेतृत्वको कार्यसमितिको महासचिवमा स्वेता थापा, कोषाध्यक्षमा सुशीला निरौला रहेका छन् भने कानुनी सल्लाहकारमा मिना खाती चयन भएकी छन् ।

त्यस्तै, पवित्रका नेतृत्वको कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा पुनम अवस्थी र बसन्ती बोहरा चयन भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा संगिता शाह, प्रियका जोशी, गिता चौधरी र सुनिता शर्मा रहेका छन् । समितिमा महासचिवमा प्रिया खडका, सह–सचिवमा कुञ्जा भट्ट र कोषाध्यक्षमा जमुना फूलारा चयन भएका छन् भने कानुनी सल्लाहकारमा धर्मा जोशी चयन भएका छन् ।

शनिबार गठन भएका दुवै कार्यसमितिले आफ्नो समिति नै आधिकारिक भएको दाबी गरेका छन्् ।

लेडि जेसिजका निवर्तमान अध्यक्ष दिप्ती शाहीले लेडी जेसिजमा ६४ जना सदस्यमध्ये अधिकांस पवित्रा नेतृत्वको कार्यसमितिको समर्थनमा रहेको दाबी गरिन् ।

धनगढी लेडी जेसिजका संस्थापक अध्यक्ष सुनिता रानाले निर्मला नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको बताइन । उनले भनिन्– विधान अनुसार हामीले निष्पक्ष र विवादरहित ढंगले कार्यसमिति गठन गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार