१६ चैत्र २०८०, शुक्रबार

धनगढी जेनियर जेसिजमा अवस्थी



धनगढी । धनगढी जुनियर जेसीजको अध्यक्षमा देवराज अवस्थी चयन भएका छन् ।

छैटौं वार्षिक साधारण सभा तथा पदस्थापन समारोहबाट धनगढी जुनियर जेसीज वर्ष २०२१ का लागि अध्यक्षमा अवस्थीलाई निर्विरोध चयन गरिएको हो । कार्यकारिणी उपाध्यक्षमा अभिषेक विष्ट र अविनाश गुरागाई, कानुनी सल्लाहकारमा रन्जना पन्त, महासचिवमा निराजन राज जोशी, कोषाध्यक्षमा प्रियान्सा उप्रेती चयन भएका छन् ।

उपाध्यक्षमा रीदम रोकाया, रामकृष्ण जोशी, साकार बिष्ट, चेतन पाण्डेय, तालिम संयोजकमा आकान्क्ष्या बिष्ट, शाखा सम्पादकमा कबिता बिष्ट, वृद्धि संयोजकमा जगदीश न्यौपाने, प्रकरण निर्देशकमा भुपेन्द्र बोगटी, कोष वृद्धि संयोजकमा चादनी बिष्ट, जनसम्पर्क अधिकारीमा पवन भट्ट, सह–सचीवमा शुभम पनेरु र सह–कोषाध्यक्षमा रुपेश महरा चयन भएको अध्यक्ष अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार