१२ बैशाख २०८१, बुधबार

मल्टिस्किल इन्स्टिच्युटका दुई जना पक्राउ



धनगढी । धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फर्जी प्रक्रियाबाट सञ्चालित सो इन्स्टिच्युटका सञ्चालक राजाराम चौधरी र उनका सहयोगी शिवकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ का इन्स्टिच्युट सञ्चालक राजारामले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर विद्यार्थीहरूलाई ठगेको आरोप लाग्दै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले राजाराम लामो समयदेखि ठगी कार्यमा संलग्न देखिएको बताए । ‘अनुमति विना गैरकानुनी रूपमा संचालन गरी ईन्टिच्युटमा अध्ययनरत एक सय १८ जनाबाट उनले ४९ लाख लाख आठ हजार चार सय रुपैया“ असुली गरेको देखिएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रवक्त समेत रहेका प्रहरी नायव उपरीक्षक बिष्टले भने– ठगी गरेको जाहेरी दरखास्तको आधारमा ठगी शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पूरा भएको थियो । कैलाली जिल्ला अदालतले दुई महिना कैद र तीन लाख आठ हजार रुपैया जरिवानाको फैसला सुनाएको थियो ।

राजारामले थप १९ लाख ६५ हजार रुपैया ठगी गरेर फरार भएको जाहेरीसमेत प्रहरीमा परेको थियो ।

प्राविधिक विषय पढाउने कलेज रहेको कृषि जेटिए र भेटनरी अध्यापन हुने भन्दै विद्यार्थीहरूबाट रकम असुली गरिएको थियो । तर परिक्षा नै सञ्चालन नभएपछि विद्यार्थीहरूले ठगी भएको भन्दै आन्दोलनसमेत गरेका थिए । यसअघि पनि राजारामले पटक–पटक विद्यार्थीलाई ठगेपछि एक पटक पक्राउ पनि परेका थिए । तर ९९ लाख रुपैया धरौटीमा छुटेका राजारामले फेरी ठगी धन्दा सुरु गरेपछि धेरै विद्यार्थीको भविष्य अन्यौलमा परेको थियो ।

राजारामले त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भन्दै कैलालीका विभिन्न व्यक्तिबाट समेत रकम असुली गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार