२५ मंसिर २०८१, मंगलवार

तस्करी बढ्याे



कञ्चनपुर । कञ्चनपुर प्रहरीले बिहीबार भारतबाट अवैध रूपमा भित्रिएको एक लाख ६५ हजार रुपैया“ मूल्यको मालसामान बरामद गर्‍यो । लेडिज सुट र बिंडीलगायत सामान महेन्द्रनगरस्थित बसपार्कमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

मंगलबार पनि कञ्चनपुर प्रहरीले ब्रह्मदेवमा अवैध रूपमा भित्रिएको चिनी र फास्टफुड सामान बरामद गरेको थियो । ती सामानसंगै दुई जनालाई समेत पक्राउ गरेर भन्सार कार्यालयमा बुझाइएको छ ।

कोरोना संक्रमणका कारण गत चैतदेखि नाका बन्द छ । सर्वसाधारणलाई सीमावर्ती बजारतर्फ आउजाउमा रोक लगाइएको छ । उपचार र रोजगारीमा जानेहरूले समेत आधार कार्ड वा स्थानीय प्रशासनको सिफारिस लिनुपर्छ । तर नाकाहरूबाट हुने मालसामानको तस्करी र ओसारपसार भने झनै बढेको छ । सामानस“गै लागूऔषध समेत भित्रिने गरेको छ । जिल्लाका ब्रह्मदेव, दोधारा चा“दनी, बेलडा“डी, बेलौरी र पुनर्वास क्षेत्रबाट भन्सार छलेर भारतीय वस्तु भित्रिइरहेका छन ।
‘नाका बन्द नाम मात्रको हो । खुला रूपमा आउजाउ भइरहेकै छ’ महाकाली नगरपालिका वडा नम्बर ३ का रमेश सुनारले भने– भारतबाट खुलेआम सामान ल्याउन कुनै रोकटोक छैन ।

उनका अनुसार दोधाराचा“दनीका विभिन्न नाकाबाट रातिको समय भारतबाट मालसामान भित्रिने गरेको छ । यहा“को कुतियाकवर, बडुवाल टोल र कञ्चभोजमा नेपाल र भारत दुवैतर्फका घरआ“गनहरू जोडिएका छन । ती क्षेत्रमा सिमानाका बन्दको कुनै प्रभाव रहेको छैन । यहाँ तरकारीदेखि खाद्यान्न बिक्रीका लागि समेत भारतीय नागरिक आउने गरेका छन् ।

‘सुरक्षाकर्मीको आँखा छलेर पारी पुगेर मालसामान ल्याउने काम भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले भने– खुला सिमानाका कारण रोकथाममा निकै चुनौती छ ।

दिनहुँजसो भारतबाट अवैध रूपमा ल्याइएका सामान बरामद भइरहेको थापाले दाबी गरे । थोरै जनशक्ति र खुला सिमानाका कारण सीमा क्षेत्रमा पूर्णरूपमा आवागमन रोक्न नसकेको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार