१० श्रावण २०८१, बिहीबार

लामो समयसम्म बिग्रेको पुल मर्मत भएन



हसुलिया । कैलालीका कैलारी गाउँपालिका वडा नम्बर ४, के गाउँ र वडा नम्बर ६,भागतपुरको बीचमा रहेको घुराहा नदीमा बनेको पुल लामो समयदेखि मर्मत नहुदा आवागमनमा समस्या हुने गरेको छ ।

गत भदौ महिनामा आएको बाढीले घुराहा पुलको जालीढुंगा सहित आधा सडक बगाएको थियो ।
पुल बिग्रेको छ महिना भइसक्दा पनि अहिलेसम्म मर्मत भएको छैन । कैलारी गाउपालिका वडा नम्बर ४ के गाउँ खल्लाटोलका भल्मन्सा जगलाल डागौराले भने– बिग्रेको पुल मर्मत नहुदा हामीलाई निकै सास्ती भएको छ ।

कैलारी गाउपालिका वडा नम्बर ६, भगतपुरका भल्मन्सा राजराम चौधरीले पुल बिग्रेका ले गोरुगाडा तथा अन्य सवारी साधन चलाउन निकै गाह्रो हुने गरेको गुनासो गरे ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकामा बजेटको कमी भएका कारण प्रदेश सरकारसंग बजेटका लागि अनुरोध गरिएको बताए ।

प्रदेश सभा सदस्य वीरमान चौधरीले सो पुल संघीय सरकरको बजेटबाट निर्माण भएकाले संघीय सरकारले नै मर्मत गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार