७ बैशाख २०८१, शुक्रबार

डोटी जेसिजमा नयाँ नेतृत्व चयन



डोटी । डोटी जेसिजको अध्यक्षमा विजयराज ओझा सर्वसम्मत चयन भएका छन् । सोमबार डोटी जेसिजको आठौं जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

डोटी जेसिजको कार्यकारी उपाध्यक्षमा गणेश बोहरा, हिक्मत साउदलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षहरूमा भरत बम, कृष्ण धामी, अमर बहादुर खड्का र रोशन बहादुर कठायत चयन भएका छन् ।

त्यस्तै, महासचिवमा गणेश कठायत, कोषाध्यक्षमा प्रवीण उपाध्याय चयन भएका छन्् । कानूनी सल्लाहकारमा रोशन कठायतलाई चयन गरिएको छ । निवर्तमान अध्यक्ष निर्मला खत्री आइपिपीमा स्वतः चयन भएकी छिन् ।

वर्ष २०२० का अध्यक्ष निर्मला खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा केआईसिंह गाउ“पालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार