८ बैशाख २०८१, शनिबार

पीसीआर प्रयोगशालाका लागि आर्थिक सहयोग



अछाम । अछामको मंगलसेन नगरपालिकाले कमलबजार पीसीआर प्रयोगशालालाई आर्थिक सहयोग गरेको छ । प्रयोगशाला व्यवस्थापनका लागि नगरपालिकाले पाच लाख रुपैया सहयोग गरेको छ ।
आइतबार मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले कमलबजार नगरपालिकाका लेखापाल शरद प्रसाद ढुंगानालाई पाच लाख रुपैयाको चेक हस्तान्तरण गरे ।
यसअघि अछामको ढकारी गाउ“पालिका र तुर्माखाद गाउ“पालिकाले कमलबजार प्रयोगशालाका लागि १०÷१० लाख रुपैया सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार