६ बैशाख २०८१, बिहीबार

टीकापुर अस्पताललाई शवबाहन सहयोग



टीकापुर । नागरिकस्तरबाट संकलन गरिएको सहयोगबाट टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गरिएको छ ।
टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले आईतबार एक कार्यक्रमबीच टीकापुर अस्पताललाई शवबाहन हस्तान्तरण गरेको हो ।
टीकापुर सरोकार समूहका संयोजक प्रशान्त अर्याल र फाउण्डेशनका प्रतिनिधिहरु दीर्घराज उपाध्याय, पुष्कर ओझा र मानसिंह साउ“दले शवबाहनको चाबी टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरे ।
शव बाहनको चावी हस्तान्तरण गर्दै समूहका संयोजक अर्यालले आगामी दिनमा टीकापुरमा विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष रावलले शव बाहन खरिदका लागि अभियान थालेकोमा टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशनप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार