१४ बैशाख २०८१, शुक्रबार

सरसफाई तथा स्वच्छता सम्बन्धी योजना हस्तान्तरण



धनगढी । कैलाली र कञ्चनपुरका दुई अस्पतालमा कोरोना रोकथामका लागि खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी योजना हस्तान्तरण गरिएको छ ।

आइतबार कोरोना रोकथामका लागि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, युनिसेफ र निड्स नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड १९ रेस्पोन्स अन्तर्गत अस्पतालहरुको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी सामग्री हस्तान्तरण गरिएको हो ।

यसअन्तर्गत कञ्चनपुरको बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र र कैलालीको मालाखेती अस्पतालमा उक्त सामग्री वितरण गरिएको बताइएको छ ।

खानेपानी सरसफाई तथा स्वच्छता सामग्री वितरण एवम् सम्पन्न योजना हस्तान्तरण कार्यक्रम नाम दिइएको सो कार्यक्रममा निड्स नेपालका तर्फबाट कार्यकारी निर्देशक भवराज रेग्मी, अध्यक्ष अञ्जु जोशी भट्ट र उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार