व्यवसायी खड्काद्वारा आमाको माया र दृष्टिलाई सहयोग
धनगढी । नेपाल उद्योग बाणिज्य संघ कैलालीका सदस्य रुपेश खड्काले आमाको माया छात्रावास र दृष्टि फाउण्डेसनमा न्यानो कपडा तथा खाद्यान्न वितरण गरेका छन् ।

बाबा टेलिभिजनका सञ्चालक समेत रहेका व्यवसायी खड्काले आइतबार आमाको माया छात्रावासमा न्यानो कपडा र दृष्टि फाउण्डेसनमा खाद्यान्न सहयोग गरे । व्यवसायी खड्का र उनकी श्रीमति यमुना कठायत खड्काले ती संस्थालाई न्यानो कपडा र खाद्यान्न सामग्री प्रदान गरेका थिए । खड्का दम्पतिले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको आमाको माया छात्रावासका बालबालिकाका लागि १२ थान कम्बल प्रदान गरेका थिए । सो छात्रावासमा २७ जना बालकहरु बस्दै आएका छन् ।
त्यस्तै, खड्का दम्पत्तिले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको दृष्टि फाउण्डेशनलाई पाँच बोरा चामल, १० केजी दाल, एक कार्टुन तेल र १२ केजी नुन सहयोग प्रदान गरे ।
फाउण्डेशनका सञ्चालिका कल्पना भट्टले खाद्यान्न प्राप्त गरेपछि नवविवाहित दम्पतिलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् । दृष्टि फाउण्डेशनमा ३९ जना बेसहारा तथा मानसिक रुपमा कमजोर महिला आश्रित छिन् ।