७ कार्तिक २०८१, बुधबार

नेकपा प्रदेश अध्यक्ष थापाको गाडी तोडफोट



अछाम । नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोडफोड भएको छ ।

मंगलबार नेकपा ओली समूहले अछाममा सम्पन्न गरेको बिस्तारित बैठकपछि प्रचण्ड–नेपाल समूहले थापा चढेको प्रदेश ३ – ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेको बताइएको छ ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले गाडीमा ढुंगामुढा गरेको बताइएको छ ।

बैठक समापनपछि प्रहरी स्कटिङमा जिल्लाबाट बाहिरिदै गरेको अवस्थामा केही युवाले अध्यक्ष कर्ण थापा चढेको गाडीमा ढुंगामुढा प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए । उक्त समूहको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार