११ श्रावण २०८१, शुक्रबार

हाते होजियारी तालिम



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका मुक्त हलियाका महिलालाई ४५ दिने हाते होजियारी तालिम प्रदान गरिएको छ ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको संयुक्त साझेदारीमा आर्थिक रुपमा विपन्न मुक्त हलियाका महिलाहरूलाई तालिम दिएको हो । २० जना महिलालाई स्विटर, टोपीलगायत बुन्ने सीप सिकेका छन् । महिलाहरूको सीप परीक्षण गरी सिटिइभिटीबाट प्रमाणपत्र समेत उपलव्ध गराइने भएको छ ।

तालिम पाएर दक्ष बनेका ललिता लोहारले पूँजीको व्यवस्था गरी होजियारी घरेलु उद्यममा संलग्न हुने बताइन् । उनले भनिन्, ‘तालिम पाइएको छ । यसको सदुपयोग गर्दै आर्थिक अवस्थामा सुधार ल्याउनका लागि नजिकैको बजारमा उद्यम गर्ने योजना बनाएको छु ।

राष्ट्रिय मुक्त हलिया समाज नेपाल महासंघका अध्यक्ष ईश्वर सुनारले मुक्त हलियाका महिलाहरूको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने बताए । मुक्त हलिया परिवारलाई पुनस्थापनसंगै रोजगारसँग जोडेर जीविकोपार्जनका लागि पहल हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार