१२ श्रावण २०८१, शनिबार

गोदावरी व्याटमिन्टन प्रतियोगिता हुदै




धनगढी / कैलालीको अत्तरियामा प्रथम गोदावरी ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ ।

अत्तरिया युवा क्लवको आयोजनामा आगामी २६ गतेदेखि प्रतियोगिता सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्लवका अध्यक्ष दिलिपकुमार साउदले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिने बताए ।

क्लवका महासचिव भरत साउ“दका अनुसार प्रतियोगिता पुस २९ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा ५० टिमको सहभागिता रहने छ ।

क्वलका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार राशी २५ हजार रुपैया रहेको छ भने द्वितीय र तृतीय पुरस्कारको राशी क्रमशः १५ हजार र १० हजार रुपैया रहेको छ ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई तीन हजार रुर्पैया प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार