१२ श्रावण २०८१, शनिबार

कृषि विकास बैंक आफ्नै भवनमा



धनगढी । कृषि बिकास बैंक धनगढी शाखा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ । धनगढीको कैलाली पुलमा भाडामा रहेको भवनबाट सेवा प्रवाह गर्दै आएको शाखाले रातोपुल स्थित शाखाको क्षेत्रीय कार्यालयको जग्गामा आफ्नै भवन निर्माण गरेर सेवा शुरु गरेको छ ।

शनिबार नवनिर्मित बैंकिङ कार्यालयको उद्घाटन गरिएको थियो । यससंगै कृषि विकास बैंकले सुविधासम्पन्न लकर सेवा पनि शुरु गरेको छ ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले शनिबार एक संक्षिप्त कार्यक्रमबीच नवनिर्मित कार्यालय भवनको उद्घाटन गरे ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले ग्राहकको सुविधालाई दृष्टिगत गर्री प्रदेश कार्यालयमा रहेको जग्गामा आफ्नै भवन निर्माण गरेर बैंकिङ सेवा सुचारु गरिएको बताए ।
उनले देशका विभिन्न जिल्ला तथा स्थानमा भाडाको घरमा रहेका बैंंिकङ काउण्टरहरू विस्थापित गर्दै आफ्नै कार्यालयमा राख्ने काम पनि सुरु गरिएको बताए । ‘जनताको विश्वास जितेको कृषि विकास बैंकलाई थप व्यवस्थित बनाउन हामीले आफ्नै कार्यालय स्थापना गरी सेवा प्रदान गर्ने योजना बनाएका छौं’ उनले भने– यसै अनुसार अहिले देशका विभिन्न स्थानमा आफ्नै कार्यालय निर्माण भइरहेका छन्् ।
प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्र र साना ऋण लिने व्यवसायीलाई प्राथमिकतामा राख्दै कम नाफामा बढी सेवा दिने उद्देश्यका साथ कृषि विकास बैंकले काम गरिरहेको चर्चा गरे ।
कार्यक्रममा कृषि बिकास बैंकका उपमहाप्रबन्धक धुब्रचन्द्र गौतमले बैंकले ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको बैंकिङ सेवा दिइरहेको दाबी ग।े । उनले भने– यो बैंक केही समयभित्रै देशका सबै बाणिज्य बैंकहरूमध्ये एक नम्बरमा पुग्नेछ ।
कृषि बिकास बैंंक सुदूरपश्चिम प्रदेशका निर्देशक गोकुल पनेरुले आफनै भवनबाट ग्राहकलाई सेवा दिन पाउ“दा खुशी लागेको बाए ।
सो अवसरमा व्यवसायी खडक सिंह पालले कृषि विकास बैंंक सवैको भरोसा र विश्वासको बैंंक भएकोले ग्राहकलाई बढीभन्दा बढी आधुनिक बैंकिङ सेवा दिन आग्रह गरे ।
अर्का व्यवसायी ध्रुव कुवरले सानादेखि ठुला उद्योगी, व्यापारी, किसान सबैको अहिले पनि पहिलो रोजाईमा कृषि बिकास बैंंक नै रहने गरेको बताए ।
कार्यक्रम कृषि बिकास बैंंक बैंकिङ कार्यालय धनगढीका प्रबन्धक राजेन्द्र जोशीको अध्यक्षतामा भएको थियो ।
बैंकका बरिष्ठ व्यवसाय अधिकृत यज्ञप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन बैंंकका कर्मचारी चक्रबहादुर कुञ्जेडाले गरेका थिए ।
कार्यक्रममा लकर सेवा लिएका ग्राहकहरुलाई लकरको चाबी वितरण गरिएको थियो । कार्यकारी अधिकृत (प्रमुख) उपाध्यायले बैंकका लकर ग्राहक करणबहादुर बिष्ट, ध्रुर्व कु“वर, मिना पन्त, दिर्घराज जोशी, सविता ऐर, जानकी चन्द मल्ल र दीपक कु“वरलाई चाबी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार