७ कार्तिक २०८१, बुधबार

१२८ औं माओ जयन्ती : धनगढीमा अन्तक्रिया कार्यक्रम



धनगढी । चिनिया क्रान्तिका नेता माओत्से तुङको १२८ औं जयन्तीका अवसरमा शनिबार धनगढीमा अन्तक्र्रिया कार्यक्रम भएको छ ।

२३ राजनीतिक दलको कार्यगत मोर्चा अन्तर्गत कैलालीमा क्रियाशील ११ दलको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामबहादुर महरा चिन्तनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टले विश्व कम्युनिष्ट आन्दोलनमा माओको योगदान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेकपा मालेका स्थायी कमिटी सदस्य दिनानथ घिमिरे, समाजवादी राष्ट्रिय मञ्च नेपालका अध्यक्ष देवी दत्त पाण्डेय, नेकपाका नेता दिनेशचन्द्र सुवेदी, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिश सुवेदी, देशभक्त गणतान्त्रिक मोर्चाका नेता बिष्णुराम नेपाली, माओवादी केन्द्रका केन्द्रीय सदस्य ध्रुव सञ्ज्याल, पत्रकार मनमोहन स्वार र वीरेन्द्र रावल, तिलक सिंह, कल्याण ओझा, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन समाजवादी राष्ट्रिय मञ्चका केन्द्रीय महासचिव माधव बिष्टले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार