७ बैशाख २०८१, शुक्रबार

सम्पादकीय : मिडियाको विकास र संवद्र्धनको सवाल



कोरोना भाइरस संक्रमण महामारीका कारण अरु क्षेत्रमा झैं नेपाली मिडियामा समेत निकै प्रभाव परेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अहिले खुकुलो भइसकेको छ । यससंगै व्यापार, व्यवसाय, कलकारखाना, शैक्षिक संस्था, यातायात आदि विस्तारै पूर्ववत अवस्थामा आउने उपक्रममा छन् । तर, कोरोना महामारीले सिर्जना गरेको परिस्थिति यतिबिघ्न चुनौतिपूर्ण तथा अनिश्चयपूर्ण छ कि कोरोना अघिको अवस्थामा सबै कुरा आइपुग्छ भन्ने आ“कलन गर्नु हतारो मात्रै हुने छ । कोरोना रोगविरुद्धको खोप बनिसकेको छ । केही मुलुकमा खोप लगाउने कार्य पनि अघि बढिसकेको छ । तर, नेपालमा कहिले यो खोप आइपुग्छ ? र कहिलेसम्म सबै नागरिकले खोप प्राप्त गर्छन् ? भन्ने अहिल्यै अनुमान नै गरिएको छैन । त्यसैमा कोरोना र लकडाउनले आर्थिक–सामाजिक क्षेत्रमा सिर्जना गरेका दुस्प्रभाव तथा समस्याहरुको कसरी व्यवस्थापन हुन्छ भन्ने पनि अहिलेसम्म निक्र्यौल हुनसकेको छैन ।
यो वस्तुस्थितिबीच नेपाली मिडिया र खासगरी सुदूरपश्चिम प्रदेशको मिडियाले बेहोरिरहेका समस्या र चुनौतिबारे गहन छलफल भइरहेको छ । मुलुकका अरु प्रदेशभन्दा सुदूरपश्चिम प्रदेशको आर्थिक, भौगोलिक, शैक्षिक लगायतका पक्ष फरक छनत् भन्नेमा पुनःबहसको आवश्यकता छैन । त्यस्तै, यहाको मिडियाको अवस्था पनि समग्र राष्ट्रको मिडियाभन्दा फरक छ । निकै सानो लगानीका पत्रपत्रिकाको सञ्चालन र तिनलाई निरन्तरता दिनु निश्चय पनि दुरुह कार्य हो भन्नेमा दुईमत रहदैन । कोरोना अघि यो प्रदेशमा करिब एक सयको हाराहारीमा पत्रपत्रिका (दैनिक, साप्ताहिक आदि) प्रकाशनमा रहेकोमा अहिले करिब छ दर्जन जति मात्रै प्रकाशन भइरहेका छन् । निजी क्षेत्रको विज्ञापन ह्वात्तै घटेको छ । सरकारी विज्ञापनको ठूलो हिस्सा अहिले पनि बाहिर जाने गरेको छ । पाठक बजार सानो छ । चाहेर पनि सबै पालिका, गाउमा पत्रपत्रिका पुराउन सकिने अवस्था छैन । सिमित जनशक्तिका आधारमा सञ्चालन भइरहेका पत्रपत्रिकामा काम गर्ने पत्रकार, सञ्चारकर्मीहरुले नियमित रुपमा पारिश्रमिक पाउन सकिरहेका छैनन् । त्यस्तै, अवस्था एफएमको पनि छ । निकै कम संख्यामा रहेका स्थानीय टेलिभिजनहरुले कोरोना महामारीका कारण प्रसारण अवधि घटाउन तथा समाचारमुलक कार्यक्रम लगभग बन्द गरेको अवस्था छ । अनलाइनहरु खुल्ने क्रम जारी छ, तर ती सञ्चार माध्यमहरुमा स्वरोजगारीको अवस्था निकै दयनीय रहेको छ । यी सबै कारणले सुदूरपश्चिम प्रदेशको मिडियाको विकास तथा प्रवद्र्धनका लागि ठूलै प्रयास गर्नुपर्ने देखिन्छ ।
सुदूरपश्चिम प्रदेशको मिडिया र मिडियाकर्मीहरु पेसाबाट बिमुख हुने अवस्था आउनु अघि नै तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न ढिलाई गरिनु हुदैन । र, त्यसको मुख्य दायित्व प्रदेश तथा स्थानीय सरकारहरुले नै बहन गर्नुपर्दछ । मिडियाको विकास, विस्तार र प्रवद्र्धनका साथै सञ्चारकर्मी तथा सञ्चार क्षेत्रको हकहित, अधिकारका लागि क्रियाशील नेपाल पत्रकार महासंघ सहितका संस्थाहरुले पनि अहिलेका चुनौति र समस्याको सम्बोधनका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्नु आवश्यक छ । सुदूरपश्चिम प्रदेशको मिडियाको अवस्था, समस्या तथा चुनौतिको तथ्यगत विश्लेषणका आधारमा सरकारले प्रदेश आम सञ्चार नीति बनाउने तथा अल्पकालीन तथा मध्यकालीन राहत प्याकेज ल्याउनेतर्फ गम्भीर हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार