१२ श्रावण २०८१, शनिबार

प्रहरीको लागूऔषध दुर्व्यसन नियन्त्रण अभियान



लम्की । कैलालीको लम्कीचुहा नगरपालिकामा लागूऔषध दुर्व्यसनीकाे समस्या नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरेको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत शाहले लागूऔषध दुव्र्यसनीकै कारण समाजमा असुरक्षा र अशान्ति फैलिँदै गएकोले नियन्त्रणका लागि कडा पाइला चालिएको बताए ।
प्रहरी निरीक्षक शाहका अनुसार केही महिनायता २२ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ गरिएको छ ।

मंसिर १० गते लम्कीचुहा नगरपालिका वडा नम्बर २ मा दिलिप ढकालको घरमा ब्राउन सुगरका प्लाष्टिकको ३६ पुडिया (१.४ ग्राम), २३ हजार ४२५ रुपैया र चार वटा मोबाईल बरामद गरिएको थियो । प्रहरीले २४ वर्षका दिलिप ढकाल र सोही ठाउँका २८ वर्षीय जनक रोकायालाई पक्राउ गरि मुद्दा चलाएको छ ।

त्यस्तै, मंसिर २० गते लम्कीचुहा नगरपालिका वडा नम्बर ५ मा कमल बडुवालको घरबाट आठ ग्राम २८० मिलीग्राम खैरो हेरोईन, ३२ हजार २४५ रुपैया र लागूऔषध सेवन गर्ने स्टिलको प्लेट, सिल्भर पेपर, ईलेक्ट्रोनिक हुक्का बरामद गरिएको थियो । प्रहरीले ब्राउन सुगरसहित २० वर्षीय कमल बडुवाललाई पक्राउ गरेको थियो ।

त्यस्तै, मंसिर १३ गते भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीका ३५ वर्षीय धनीराम चौधरीलाई आठ ग्राम ३६० मिलीग्राम ब्राउन सुगर, म १ प ७०७६ नम्बरको मोटरसाईकल लम्कीचुहा नगरपालिका वडा नम्बर १० सुतैयाबाट पक्राउ गरिएको प्रहरी निरीक्षक शाहले बताए ।
प्रहरी निरीक्षक शाहले लागूऔषध ओसारपसार तथा दुव्र्यसन नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार