१२ श्रावण २०८१, शनिबार

बिडब्लुआईको प्रदेश स्तरीय कार्यक्रम



धनगढी । अन्तर्राष्ट्रिय निर्माण श्रमिकहरूको महासंघ (बिडब्लुआई) आवद्ध समितिको प्रदेशस्तरीय कार्यक्रम आईतबार धनगढीमा भएको छ ।

अन्तर्राष्ट्रिय निर्माण श्रमिकहरूको महासंघ (बिडब्लुआई) मा आवद्ध भएका नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काँग्रेस र अखिल नेपाल ट्रेड युनियनको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो ।

सो अवसरमा अखिल नेपाल निर्माण मजदुर संघका अध्यक्ष अमित लामाले महासंघमा आवद्ध रहेका तीन संगठनहरूले असंगठित क्षेत्रमा संलग्न कामदार मजदुरलाई एकीकृत गरी लैजानुपर्ने बताए ।

अध्यक्ष लामाले मजदुरका क्षेत्रमा काम गर्ने सबै संगठन मिलेर मजदुरहरूको समस्या समाधान गर्नुपर्ने बताए ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनका केन्द्रीय उपाध्यक्ष घनश्याम ऐरले अझै पनि मजदुरहरूका समस्या ज्युँका त्युँ रहेकोले सरकार र ट्रेड युनियन महासंघहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय निर्माण श्रमिकहरूको महासंघ (बिडब्लुआई) मा आवद्ध भएका तीन वटै संगठनले श्रमिकहरूको क्षमता अभिबृद्धि, कानुनी विषयमा तालिम, जनचेतना र सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको जनाइएको छ ।

निर्माण मजदुर युनियनका अध्यक्ष मनीराम ढुंगानाले स्वागत गरेको कार्यक्रममा बैदेशिक रोजगारी गुमाएर घर फर्केका व्यक्ति लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार