२१ बैशाख २०८१, शुक्रबार

कृत्रिम फूलमालाको आयातमा अत्यधिक बृद्धि



धनगढी । यस वर्षको तिहारका लागि भारतबाट गत वर्षको तुलनामा निकै बढी कृत्रिम फूलमाला धनगढीमा भित्रिएको छ ।

कृत्रिम फूलमाला (प्लाष्टिक तथा कागजका माला) व्यापारीहरुका अनुसार यस वर्ष तिहारलाई लक्षित गरी गत वर्षको तुलनामा १४ गुणा बढि कृत्रिम फूलमाला धनगढीमा भित्रिएको छ ।

कैलाली त्रिनगर भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कार्तिकसम्मको अवधिमा भारतबाट धनगढीमा एक हजार पा“च सय ७५ किलोग्राम कृत्रिम माला भित्रिएको छ ।
त्रिनगर भन्सार कार्यालयका अनुसार यो अवधिमा धनगढीमा छ लाख ६२ हजार एक सय ८३ रुपैया“ मुल्यको कृत्रिम फूलमाला भित्रिएको छ ।
कैलाली भन्सार कार्यालयका अधिकृत डिल्लुप्रसाद शर्माले कृत्रिम फूलमाला आयातबाट तीन लाख ५३ हजार ५३ रुपैया“ राजश्व संकलन भएको बताए । उनले भारतको दिल्ली, लखनउ, बरेली लगायतका शहरबाट धनगढीमा कृत्रिम फूलमाला आयात भइरहेको बताए ।
कैलाली भन्सार कार्यालयका अनुसार धनगढीमा हरेक वर्ष असोज र कात्र्तिक महिनामा सबैभन्दा बढि कृत्रिम फूलमाला आयात हु्ने गरेको छ ।
गत वर्ष सोही अवधिमा कैलाली भन्सार नाका हु“दै भारतबाट एक सय सात किलोग्राम कृत्रिम फूलमाला भित्रिएको थियो । सो अवधिमा ६४ हजार चार सय २० रुपैया“को कृत्रिम फूलमाला भित्रिएको थियो भने आयातबाट ३१ हजार छ सय ७९ रुपैया“ राजश्व संकलन भएको थियो ।
कैलाली त्रिनगर भन्सार नाका हु“दै गत आर्थिक वर्षमा भारतबाट आयात भएको कृत्रिम फूलमाला भन्दा चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा दोब्बर बढी आयात भइसकेको छ । भन्सार अधिकृत शर्माले तिहारका बेला फूलमालाको अत्यधिक माग हुने भएकाले आयात पनि बढ्ने गरेको बताए । उनले तिहारका लागि कृत्रिम फूलमाला आयात अझै जारी रहेको बताए ।
कृत्रिम फूलमाला बाहेक धनगढीमा भारतबाट दीयो, मैनवत्ती, अगरबत्ति लगायतका सामानहरू आयात हुने गरेको छ ।
कैलालीमा त्रिनगर भन्सार नाकाबाट मात्रै नभएर सत्ती छोटी भन्सार कार्यालय, गड्डाचौकी भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयबाट पनि कृत्रिम फूलमाला तथा मैनवत्ती, दीयो लगायतका सामान भित्रिने गरेको छ ।
प्रायःले आफ्नो घरबारीमा सयपत्री, मखमली लगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुने भएकाले धनगढी सहितका शहर बजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ । धनगढीमा पछिल्ला केही वर्षयता फूल खेती (फ्लोरीकल्चर) हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन ।
एक तथ्यांक अनुसार सुदूरपश्चिममा वार्षिक १५ देखि २० प्रतिशतले फूलको माग बढ्ने गरेको भए पनि उत्पादन निकै न्युन रहेको छ । नेपाल उद्योग वाणिज्य संघका वस्तुगत परिषद्का उपसभापति लोकनाथ गैरेले सुदूरपश्चिममा फूलखेतीको ठूलो सम्भावना रहेकोले स्थानीय जातका फूलहरूको पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए ।
स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृत्रिम फूलमालामा चर्को कर लगाएको भन्सार अधिकृत शर्माले बताए ।
उनले खरिद मुल्यमा २० प्रतिशत भन्सार शुल्क र खरिद मुल्यमा भन्सार शुल्क जोडेर १३ प्रतिशत मुल्य अभिबृद्धि कर (भ्याट) लिने गरेको बताए । उनले समग्रमा कृत्रिम फूलमालाको खरिद मुल्यको ३४ दशमलव ४७ प्रतिशत राजश्व सरकारले लिने गरेको बताए ।

माटाका वस्तु पनि आयात

तिहारमा दियो, वत्ति लगायतको प्रयोग बढ्छ । कैलाली भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा माटाबाट बन्ने दियोको आयात पनि जारी रहेको छ । भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा २७ हजार यूनिट माटाका वस्तुहरु आयात भएका छन । ४६ हजार चार सय ८३ मूल्य बराबरका बस्तुहरु आयात भएको जनाइएको छ । यी बस्तुबाट १७ हजार आठ सय ५२ रुपैया“ राजश्व संकलन भएको जनाइएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ७२ हजार तीन सय ८२ यूनिट माटाका बस्तु आयात भएको थियो । गत वर्षको तीन महिनामा दुई लाख ७८ हजार पा“च सय ८२ रुपैया“ बराबरको माटाका बस्तु बजारमा थिए । यी बस्तुबाट कार्यालयले एक लाख छ हजार नौ सय ७० रुपैया“ संकलन गरेको थियो ।
भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार यस वर्ष झिलिमिलि बत्ती भने आयात भएको छैन । भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले –‘झिलमिलि बत्ति यस नाकाबाट आयात भएको छैन । अन्य नाकाबाट आयात भएको हुन सक्छ ।’ उनका अनुसार गत वर्ष दुई हजार एक सय पा“च यूनिट झिलिमिलि बत्तिहरु आयात भएको थियो । गत वर्ष ६० हजार चार सय ३० रुपैया“ बराबरको झिलिमिलि बत्ति बजारमा थियो भने सोबाट कार्यालयले २१ ह्जार सात सय ३८ रुपैया“ राजश्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार