१० श्रावण २०८१, बिहीबार

आलोपालो पठनपाठन शुरु



धनगढी । कैलालीको कैलारी गाउ“पालिकाको जनकल्याण माध्यामिक विद्यालयले कक्षा समुह वर्गीकृत गरि आलोपालो पठनपाठन शुरु गरेको छ । सरकारले सिकाई निर्देशिका, २०७७ जारी गरेपछि सो विद्यालयले असोज १ गतेदेखि कक्षामा पठनपाठन शुरु गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक हनुमान चौधरीले कक्षा एकदेखि तीन, कक्षा चारदेखि आठ, नौ र १० गरि तीन समुहमा वर्गीकृत गरेको बताए । उनले भने– विहान १० देखि १२ कक्षा एकदेखि तीनसम्मका विद्यार्थी, १२ देखि दुईसम्म कक्षा चारदेखि आठ र नौ, १० का विद्यार्थीहरूलाई पा“च बजेसम्म पठनपाठन गराइरहेका छौं ।
सरकारले जारी गरेको सिकाई निर्देशिका २०७७ सबै प्रविधिको पहु“च बाहिर रहेका विद्यार्थीहरूका लागि लक्षित कार्यक्रममार्फत सिकाई सहजीकरण गर्न उल्लेख छ ।
निर्देशिका अनुसार ‘बढीमा आठ देखि दश जनासम्मको समूह रहने गरी स्थानीय रूपमा सिकाई केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दूरी कायम हुने गरी बसाई व्यवस्था मिलाई श्रब्यदृष्य प्रविधि मार्फत सिक्ने सिकाउने व्यवस्था गर्ने’ भनिएको छ ।
प्रधानाध्यापक चौधरीले विद्यालयले बढीमा १० देखि १५ विद्यार्थीहरूलाई एउटा कक्षामा राखेर पठनपाठन गराइरहेको बताए । उनले भने– विद्यालय खोलेका छैनौं । सिकाई निर्देशिकाले उल्लेख गरेबमोजिम सिकाई सहजीकरण गराइरहेका छौं ।
उनले सिकाई निर्देशिका २०७७ को पालना गर्दै विद्यार्थीहरूमा भौतिक दुरी कायम गरिएको बताए । उनले भने– एक बेन्चमा एक विद्यार्थी मात्र राखिएको छ ।
उनले विद्यालयमा चार सय ५० बढी विद्यार्थी रहेको बताए । विद्यालयले सिकाई सहजीकरण कार्यक्रम लागू गरे पनि अझै सबै विद्यार्थीहरूको सहभागिता गराउन नसकिएको बताए । उनले भने– सरदरमा ७० देखि ८० प्रतिशत विद्यार्थीहरूमात्र सिकाई सहजीकरण कार्यक्रममा सहभागि हुने गरेका छन् ।
कैलारी गाउ“पालिकाका अधिकांस विद्यार्थीहरू सूचना प्रविधिको पहु“चभन्दा बाहिर छन् । गाउ“पालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले भने– गाउ“पालिकामा अधिका“स विद्यार्थीहरूसंग न त इन्टरनेटको पहु“च छ, न रेडियो तथा टेलिभिजनमा नै पहु“च छ । त्यसैले गाउ“पालिकाले विद्यालयमै सिकाई सहजीकरण गराउने निर्णय गरेको छ ।
उनले निर्देशिकाले तोकेबमोजिमका मापदण्ड अपनाएर विद्यालयहरूले पठनपाठन गराउन आग्रह गरिएको बताए । कैलारी गाउ“पालिकामा माध्यामिक र निम्न माध्यामिक २१ वटा विद्यालय रहेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिकाले पनि असोज पहिलो सातादेखि सिकाई निर्देशिका बमोजिम पठनपाठन शुरु गराउने निर्णय गरेको थियो ।
घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरहीमा रहेको बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भूपेन्द्र कु“वरले सामाजिक दुरी कायम राखेर विद्यालय सञ्चालन गरिएको जानकारी दिए । विद्यार्थीहरूको सिकाईका लागि स्थानीय पालिकाहरूले मापदण्ड तयार गरी पठन–पाठन सुरु गरेको हुन् ।
नगर पालिकाका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले बढी बिद्यार्थी भएका विद्यालयहरूको हकमा टोल–टोलमै शिक्षा, आलो–पालो कक्षा सञ्चालन र भर्चुअल कक्षा सञ्चालन गर्न निर्देशन दिइएको बताए । उनले भने– हामीले टोल शिक्षामा जोड दिन विद्यालयलाई निर्देशन दिएका थियौं । केही विद्यालयले विद्यार्थीहरूलाई कक्षामै बोलाएर अध्यापन गराएका हुन सक्छन् ।’ उनले विद्यालयमा पठनपाठन नगराउन सुझाव दिइएको बताए ।
सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढी भने अझैं विद्यार्थी सिकाई कार्य कसरी अघि बढाउने भन्ने टुङ्गो लगाएको छैन । धनगढी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विष्णुप्रसाद कोइरालाले भने– अहिले विद्यालयबाट विद्यार्थीको संख्या, प्रविधिमा पहु“च लगायतका तथ्यांक र विद्यालयले भर्ना अभियानलाई जोड दिइरहेका छन् ।
उनले सिकाई निर्देशिकाले उल्लेख गरेका विधि अनुसार कुन विधिमा अघि बढ्ने भन्नेबारेमा १५ गते सरोकारवालाहरूसंग छलफल गरेर अघि बढ्ने बताए ।
कैलालीको लम्कीचुहा नगरपालिकाले एफएम तथा रेडियोबाट शिक्षण सिकाई अघि बढाउने निर्णय गरेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले भने– नगरपालिकाका अधिका“स विद्यार्थीहरू एफएमको पहु“चमा रहेकाले एफएमबाटै सिकाइ कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ ।
उनले एफएमको पहु“चमा नरहेका विद्यार्थीको विद्यालयलेनै पहिचान गरी टोल शिक्षा कार्यक्रम अघि बढाउन सुझाव दिइएको बताए । उनले भने– अहिले निर्णयमात्र भएको छ । कार्यान्वयन गरिएको छैन ।’
जोशीपुर गाउ“पालिकाले टोल शिक्षा कार्यक्रमलाई जोड दिइरहेको जनाइएको छ ।
कैलालीको दुर्गम मानिएको चुरे र मोहन्याल (दुई) गाउ“पालिकामा अहिले भर्ना अभियान चलिरहेको छ ।
चुरे गाउ“पालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तबहादुर बोहराले गाउ“पालिकाले भूगोलका आधारमा पठनपाठन अघि बढाउने तयारी गरिरहेको बताए । उनले भने– गाउ“पालिकामा थोरै जनसंख्या छ । वस्ती पनि स–सानै छन् । थोरै संख्या भएकाले कक्षा कोठामै पठनपाठन अघि बढाउने तयारी गरिरहेका छौं ।’ उनले विद्यालय नखोल्न निर्देशन भएकाले अहिले पाठयपुस्तक वितरण र भर्ना अभियानमात्र भइरहेको छ ।
कैलाली जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख बैकुण्ठ सुवेदीले सिकाई निर्देशिका अनुसारनै कैलालीका स्थानीय तहहरू अघि बढीरहेको बताए । उनले भने– केही स्थानीय तहहरूले सिकाई सहजीकरणका नाममा विद्यालयमै पठनपाठन गराइरहेको जानकारीमा आएको छ ।’ उनले कुनै पनि नाममा अहिले विद्यालय नखोल्न पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार