१६ बैशाख २०८१, आईतवार

मदीरामा मस्त प्रहरीः अस्पताल र प्रहरीको मिलेमतो , पहुचका भरमा मापसे रिर्पोट



बैतडी । सामान्यतया मादक पदार्थ सेवन गरी होहल्ला गर्ने जुनसकै व्यक्तिलाई पनि कारवाही गर्ने जिम्मा प्रहरीको हुन्छ । तर बैतडीमा भने यस्तो छैन् । प्रहरीले मदिरा सेवन गरि बजारमा हल्ला गर्ने मात्रै होईन जिल्ला प्रहरी कार्यालयमा पनि लात्ता मुक्का हान्न पछि पर्दैनन् ।

मदिरा सेवन गरेर कुटाकुट भएका दृष्यहरु प्राय गाउँतिरका मेलाजात्रा र चाँडबाडमा मात्रै हुने गर्दथे तर त्यसका लागि अहिले चाँडबाडनै प्रर्खनु पर्दैन् । राती जिल्ला प्रहरी कार्यालयमा यस्ता दृष्यहरु प्रसस्तै देखिन्छन् । अचम्मको कुरात के छ भने यति गर्दा पनि मदीरा सेवन गरी होहल्ला गर्ने प्रहरीलाई कुनै कारबाहिनै हुदैन् । मदिरामा मस्त सिपाई हवल्दारलाई कारबाहि गर्न प्रहरी अधिकारीहरु पनि डराउने गर्दछन् । सिपाई हवल्दारले माथिको पावर भएको कुरा मदिरा खाएको बेला मात्रै होईन राम्रो भएको बेला पनि सुनाईरहन्छन् ।

आफुहरुलाई कारबाहि गर्ने प्रहरी अधिकारीहरुलाई गोलि हान्ने सम्मका दम्कीहरुत सिपाई हवल्दारहरुले खुलेआम बजारमा दिने गर्दछन् । यसले प्रहरी संगठनको गरिमामाथि त प्रश्न उठ्छनै पब्लिकमा पनि राम्रो म्यासेज नजाने स्थानीय गौरी भट्ट बताउछन् ।

जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालय बैतडीको मिलेमतोमा प्रहरीले मापसे गरेका रिर्पोटहरु नेगेटिभ देखिने गरेको पाइएको छ । मापसे गरेको भएकोले प्रहरी कार्यालयबाट चेकजाचको लागि अस्पताल पठाएपनि प्रहरीले मापसे गरेका रिर्पोटमा नेगेटिभ भनेर लेखिने गरेको छ । मापसे चेक गर्ने ब्रेथलाइजरले पोजिटिभ देखाएनी स्वास्थ्यकर्मीले मापसे गरेको छैन भन्ने रिर्पोट बनाउने गरेका खुलेको छ ।

बुधबार राती ९ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट एक जना हवल्दार तेज बहादुर चन्दको मापसे चेकजाचको लागि जिल्ला अस्पताल पठाइयो । मापसे खाएको शंका लागेर प्रहरीले राती अस्पताल लिएर गएको जनाएको छ । अस्पतालमा ब्रेथलाइजरबाट चेकजाच गर्दा हवल्दारको मापसे गरेको देखाएको छ । ०.०३२ ब्रेथलाइजरले देखाएको छ । तर चेक गर्ने स्वासथ्यकर्मीले भने मापसे नगरेको देखाएकी छिन्. । अस्पतालकी हेल्थ असिस्टेन्ट लक्ष्मी गुरुले चेकजाचको लागि हस्ताक्षर गरेको रिर्पोटमा यस्तो देखाइएको छ ।

हाल कार्यालय बाहिर रहेका अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले यस्तो गर्नु कमजोरी रहेको बताए । उनका अनुसार ब्रेथलाइजरले देखाएपछि मापसे गरेको मान्य हुन्छ । स्वास्थ्यकर्मीले नखाएको भन्नु यो गलत रहेको धारणा व्यक्त गर्दै उनले भने , ‘ रिर्पोटमा क्मिस्टेक चाहि भएको छ । यस्तो कोरोनाको बेला पुरै ब्रेथलायजरकै प्रयोग भइरहेको छ । ब्रेथलाइजरले भनेपछि पोजिटिभै भनेर बुझ्दा हुन्छ । टिक लगाउदा मिस्टेक भएको हो । ’

अहिले अस्पतालको निमीक्त प्रमुखको जिम्मेवारी पाएका अर्का मेडिकल अधिकृत डाक्टर प्रकाश जोशीले मापसे चेक गर्ने कर्मचारीसंग बुझेको र मिस्टेक चाहि भएको स्वइकार गरे । टिक लेख्दा मिस्टेक भएकै छ । ब्रेथलाइजलरेनै त्यति देखाएको छ भनेपछि गरेका छैन भनेर लेख्न नमिल्ने हो । ’

यता यो विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख नारायण प्रसाद अधिकारीले अस्पतालका डाक्टरहरु संग भनेको बताए । प्रहरीको मापसे पोजिटिभ भए पोजिटिभ र नेगेभिट भए नेगेटिभ लेखिदिन भनेको बताए । कसैले पोजिटिभलाई नेगेटिभ र नेगेटिभलाई पोजिटीभ लेख्न भन्यो भने आफुलाई रिर्पोट गर्न भनेको बताए । मेसिनले मापसे देखाएको थाहा पाएपछि हवल्दारलाई कारवार्हि आन्तरीक कारवार्हि गर्न सुरु गरेको उनले बताए । तर अहिलेसम्म पहुचको भरमा हहवल्दारलाई कुनै कारवार्हि नभएको नाम नबताउने सर्तमा जिल्ला प्रहरी कार्यालयकै एक कर्मचारीले बताए ।

उनी हवल्दारले केहि समय अघि पनि मापसे सेवन गरेर कार्यालयको हातामै अर्को हवल्दारलाई कुटपीट गरेका थिए । त्यो दिन पनि मापसे सेवन गरेको भन्दै उनलाई अस्पताल पुर्याईएको थियो । उनको ब्रेथलाइजरमा मापसे देखाएपनि रिर्पोटमा सेवन नगरेको लेखिएको छ । यसले अस्पतालका कर्मचारीहरु आग्रहको भरमा रिर्पोट पोजिटिभ/नेगेटिभ बनाउने गरेका देखिएको छ ।

कार्यालयकै हाता भित्र झगडा गर्ने हवल्दार माथी अहिलेसम्म कुनै कारवार्ही भएको छैन । यो झगडा बारे आफुलाई जानकारी नभएको डिएसपी अधिकारीले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार