२३ बैशाख २०८१, आईतवार

बुद्ध जयन्ती मनाइयो



धनगढी । २५६४ औं बुद्ध जयन्ती धनगढीमा मनाईएको छ । लकडाउन नियमको पालना गरौं, कोरोना भाइरसलाई पराजीत गरी सम्पूर्ण प्राणी जगतलाई सुरक्षित गरौं भन्ने नाराका साथ २५६४ औं बुद्ध जयन्ती धनगढी उप–महानगरपालिका–१, लोकपथ बुद्ध बिहारमा मनाईएको हो ।

धर्मोदय सभा शाखा तथा लोकचक्र बुद्ध बिहारको संयुक्त आयोजनामा सामाजिक दूरी कायम गर्दै बुद्ध जयन्ती मनाईएको धर्मोदय सभा शाखा धनगढीका अध्यक्ष लाहुराम चौधरीले बताए । अन्य वर्ष भब्यताका साथ मनाउ“दै आएपनि यस वर्ष कोरोना भाइरस महामारीका कारण सरकारले लागु गरेको लकडाउनका कारण बुद्ध पूजा, दिप प्रज्वलन गर्दै विश्व शान्तिको कामना गर्दै मनाईएको अध्यक्ष चौधरीले बताए ।
बि.स. २०३९ सालदेखि नियमित रुपमा बुद्ध जयन्ती मनाउ“दै आएको बताउ“दै संस्थाका सस्थापक सदस्य जानकी तुलाधरले पहिले हप्तादिन, पा“च दिन, तीन दिन मनाउ“दै आईरहेकोमा यो वर्ष एक दिन मात्र मनाईएको बताए । अन्य बर्ष सांस्कृतिक प्रतियोगिता, कविता प्रतियोगिता, शान्ति ¥याली सहित मनाउ“दै आएकोमा यो वर्ष लकडाउनका कारण सामान्य रुपमा मात्र मनाईएको बताइन ।
शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।
कोरोना भाइरसको जोखिमका कारण यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी सीमित व्यक्तिहरुका बीचमा मनाइएको संस्थाका संस्थापक सदस्य जीतु तुलाधरले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम अत्यन्त सीमित व्यक्तिमाझ गरी पूजा र प्रार्थना गरिएको तुलाधरले बताए । प्राथनामा पूर्व संविधान सभा सभाषद प्यारेलाल राना, नेपाली का“ग्रेसका नेता गोपाल देउवा लगायतको उपस्थिति रहेको थियो ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । कठोर तपस्यापछि सिद्धार्थ गौतम नै गौतम बुद्धका नामले प्रसिद्ध भए ।
६ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि बुद्धका रुपमा विश्व प्रसिद्धि पाएका हुन् । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिएका थिए । जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ ।
सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरे, जसमा संसार दुःखै–दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो ।
राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन् ।
यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौ“ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउ“छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार