२० भाद्र २०८१, बिहीबार

धनगढीमा विपद् जोखिम हस्तान्तरण सम्बन्धि अन्तरक्रिया



धनगढी / धनगढीमा विपद् जोखिम हस्तान्तरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना, नेपाल बिमा प्राधिकरणको साझेदारी तथा युएनडीपीको सुपर परियोजनाको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बिमा प्राधिकरण प्रादेशिक कार्यालय धनगढीका प्रमुख हृदय पण्डितले विपद् जोखिम हस्तान्तरण सम्बन्धि कानुुनी प्रावधान, चुनौतीका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले विमा कम्पनीहरूले जोखिम बिमा वापतको भुक्तानी दिन आनाकानी गर्ने गरेको गुनासो गरेका थिए ।

उनीहरूले बिमा कम्पनीका कारण ठूलो रकम गुमाउनुपरेको समेत सुनाए ।

तर बिमा प्राधिकरणका प्रमुख पण्डितले कानुनी प्रावधानबारे जानकारी नहुँदा समस्या हुनु स्वभाविक भएका बताए तर कुनै कम्पनीले नियतबस दुस्ख दिने गरेको भए प्राधिकरणमा उजुरी दिएमा तत्काल कारवाही गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार