१२ श्रावण २०८१, शनिबार

स्वास्थ्यकर्मीले बिरामीको प्रत्यक्ष सम्पर्कमा नआएरै जाँच गर्न सकिने बुथ निर्माण



धनगढी । सुदूरपश्चिमका तीन जना युवा वैज्ञानिकले स्वाथ्यकर्मी विरामीको प्रत्यक्ष सम्पर्क नआएरै कोरोना चेक जाँच गर्न सक्ने कोरोना भाइरस टेस्टइङ बूथ निर्माण गरेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का पूर्वअनुसन्धानकर्ता रहेका ती युवाहरुले कोरोना भाइरस टेस्टइङ बूथ निर्माण गरेको तस्बिर सार्वजनिक गरेका छन् ।
रोबोटिक्स एसोसिएसन अफ नेपाल ( फार्वेस्टले काइचो गु्रप ) तथा राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सेफ्टी बुथ तीन दिनमा निर्माण गरेको काइचो गु्रपका प्रमुख बैज्ञानिक सुमन पौडेलले जानकारी दिए । उनको गु्रपमा बैज्ञानिक अनिल पाण्डे, दिपक विष्ट रहेका छन् । गु्रपले निर्माण गरेको बूथ सबैभन्दा पहिले दक्षिण कोरियाले विकास गरेको थियोे । त्यहाँ अहिले हजारौं मानिसहरुको कोरोना भाइरस टेस्टइङमा प्रयोग भइरहेको छ । सो टेस्टइङ बूथ नेपालकै स्थानीय श्रोत साधान प्रयोग गरेर अस्पाताल र स्वास्थ्यकर्मीहरुलाई सहज हुने गरी मोडिफाइ गरेर विकास गरिएको बैज्ञानिक सुमन पौडेलले बताए ।


धेरै मानिसको संक्रमण चेक जाँच गर्न नेपालमा प्रयोग गरिएका साधनहरुबाट भाइरस अन्य व्यक्तिमा सर्ने प्रबल सम्भावना रहेको बैज्ञानिक पौडेलको ठहर छ । उनले बूथमा स्वास्थ्यकर्मीलाई अक्सिजनको कमी न होस भनेर एक्जिस्टिङ पंखा, रातिको समयमा विरामी जाँच गर्न मिल्लेने गरी नाइट लाइट, अगाडिको सिसा भित्रबाट नै सफा गर्न मिल्ने गरी म्याग्नेटिक ग्लास क्लीनर, स्वास्थ्यकर्मीले विरामीसँग सम्वाद गर्न मिल्ने अडियो सिस्टम, विरामीको ज्वरो जाँच गर्न मिल्ने गरी थर्मल गनलाई झुण्ड्याउने ह्याङगर सहितको सुबिधा रहेको पौडेलले जानकारी दिए ।
उनले भने‘ यस बूथले पिपिइको खपतलाई कम गर्छ, बूथको सहायताले स्वास्थ्यकर्मीले विरामीको प्रत्यक्ष सम्पर्कमा न आइकन जाँच गर्न सक्छ, । जसले गर्दा सामान्य ज्वरो आएका वा अन्य रोगका विरामीलाई समेत सेवा दिन सहज हुन्छ । उनले सरकारले चाहेको खण्डमा यो बूथ लकडाउनको समयमा पनि आवश्यक सामाग्री जुटाएर कम समयमा तयार गरेका आफ्नो टिम तत्पर भएको बताए । सो बुथ पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीसंग सम्पर्क गरेर धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको थियो । अस्पतालले सो वुथ प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा जानकारी नदिएको पौडेलले बताए ।
पौडेलले रातपर्दा आफै बत्ती बाल्ने प्रविधि, चोर आउँदा म्यासेज जाने प्रविधि, घोडाघोडी नगपालिकामा स्मार्ट अलर्ट प्रविधि, चालक निदाए आफै ब्रेक लाग्ने प्रविधि, टीकापुरमा आफ्नै लगानीमा विज्ञान प्रविधि संग्रालय लगायतका प्रविधिहरु समेत निर्माण गरिसकेका छन् । उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७६ युवा तथा खेलकुद मन्त्रालयबाट, विशेष प्रतिभा वृत्ति २०७१ नास्ट, दित्तिय, राष्ट्रिय वैज्ञानिक सम्मेलन २०७६, युवा अनुसन्धान वृत्ति २०७५ राष्ट्रिय युवा परिषद्, अनुसन्धान वृत्ति २०७१ विज्ञान तथा प्रविधि मन्त्रालय, प्रथम विश्व उद्यमी सम्मेलन २०७३ थाइल्याण्ड लगाएतका पुरस्कार समेत पाइसकेका छन् । विश्वमा महामहारीको रुपमा फैलिएको कोरोना भाईरस नेपालको सुदूपश्चिमा भारत लगाएतका अन्य मुलुकबाट आएका नेपाली नागरिक बाट ठुलो संख्यामा संक्रमण फैलिएको हुनसक्ने भन्दै प्रदेशलाई देशकै उच्च जोखिममा राखिएको छ । सेती प्रादेशिक अस्पताल धनगढीका प्राविधिक अरुण पनेरुले विरामीहरुको अवस्था चेकजाँचको लागि यो वुथ काम लाग्ने बताए । उनले त्यो बुथको फिजिविलिटी हेरेर प्रयोगमा ल्याउने बताए । पनेरुले भने‘ डाक्टरहरुले त्यो बुथको परीक्षण गर्छन, केही सुधार गर्नु पर्ने भए गर्छन, बुथले स्वाथ्यकर्मी र विरामी दुवैलाई सहज हुने र यदी बुथ सफल भए प्रयोगमा ल्याइने सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार