१० श्रावण २०८१, बिहीबार

एम्वुलेन्स खरिद बारे संसदमा के भने मन्त्री सुवेदीले



माननीय सभामुख महोदय,
प्रदेश स्तरका शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला–बालबालिका, भाषा–संस्कृती, श्रम तथा रोजगारका क्षेत्रहरूमा प्रदेश सरकार कार्र्य्बभाजन नियमावली २०७४ मा उल्लेख भए बमोजिमका क्षेत्राधिकार भित्र रहि सामाजिक बिकास मन्त्रालयले कार्य गर्दै आईरहेको ब्यहोरा सम्मानित सदनलाई अवगत नै छ । मन्त्रालय र मातहतका निकायले गरेका क्रियाकलापहरूको बारेमा सत्यतथ्य जानकारी सम्मानित सदनलाई गराउनु पर्छ भन्ने गाम्भिर्यतालाई मनन गर्दै मन्त्रालयले गरेका, पछिल्लो समय गर्न खोजिरहेका र सदनमा उठेका विषयहरूमाथि समेत प्रष्ट पार्न चाहन्छु ।
माननीय सभामुख महोदय,
सर्वप्रथमम अब मन्त्रालय र मातहतका निकायले गरेका केहि महत्वपूर्ण कार्यक्रमहरूको बारेमा जानकारी गराउन चाहन्छु ।्र
१. सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरि संचालनमा रहेको ।
२. समुदायस्तरमा निःस्वार्थ जनस्वास्थ्यका सेवाहरू प्रदान गर्दै आईरहेका महिला स्वास्थ्य स्वयमसेविकाहरूको मनोबल बढाई जनस्वास्थ्य क्षेत्रमा सुधार गर्ने ६०३७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई रु १० हजारका दरले विनियोजन गरि अधिकांसलाई वितरण गरि महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गरिएको ।
३. मन्त्रालय र मातहतका निकायबाट ९ वटै जिल्लामा विशेषज्ञ स्वास्थ्य शिविरहरू संचालन गरि १५२५९ महिला, ९७४२ पुरुषलाई शल्यक्रिया, बाल रोग, प्रसुती रोग, आयुर्वेद, हाडजोर्नी तथा नशा रोग, डेन्टल , मानसिक रोग, छाला रोग आदि सेवाहरू प्रदान गरिएको ।्र
४. प्रजनन स्वास्थ्यसंग सम्बन्धित महिलाहरूको स्वास्थ्य समस्याको निदान तथा उपचारका लागि ९ वटै स्वास्थ्य कार्यालयहरू मार्फत क्याम्प संचालन गरि १४९१६ जना महिला दिदीबहिनीहरूलाई सेवा प्रदान गरिएको ।्र
५. जटिल प्रसुती र दुर्घटनामा परेका बाजुराका ४ जना र बझांगको १ जनालाई हवाई उद्दार गरिएको ।
६. ८८ ओटा प्रसुती केन्द्र, ४३ ओटा शहरी स्वास्थ्य केन्द्र, ३१ ओटा समुदाय स्वास्थ्य इकाई भवन निर्माण गरिएको । त्यसै गरि ८८ ओटा २ कोठे, ८८ ओटा ४ कोठे, ३२ ओटा क्याम्पस भवन, १२ ओटा प्राविधिक छात्रावास, १३८ ओटा घेर पर्खाल, ३२ वटा निर्वाचन क्षेत्रस्तरीय खेल मैदान निर्माण गरिएको । जसमध्ये अधिकांसको कार्य सम्पन्न भई सकेको र केही चालु आ.व.को दोस्रो चौमासिकमा पुरा हुने ।्र
७. आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमको लागि ४४ वटा स्थानीय तहलाई रु १८ लाखको दरले सहयोग गरेको ।
८. २७ वटा बढी बिरामी चाप भएका स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला सेवा स्थापना गरिएको ।
९. सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान विधयेक मिति २०७६÷०२÷२० मा यसै सम्मानित सदनमा दर्ता गरि पास समेत भएको ।
१०.आयुर्वेद प्रबर्धनको लागि जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको सम्भाव्यता अध्ययन गरिएको ।
११. हे.अ., स्टाफ नर्स, ल्या.टे., ल्या.अ., अ.न.मी., अ.हे.व., इन्जिनियर, सब–इन्जिनियर लगायतका १८६ जना प्राविधिक प्रदेश स्वयंसेवक मार्फत सेवा प्रदान गरिएको ।्र
१२. सुदूरपश्चिम प्रदेशमा उच्च रहेको मातृ तथा बाल मृत्युदर न्यूनीकरणका लागि गर्भवती आमाहरूको भिडियो एक्सरे मार्फत गर्भजांच सेवा ८८ वटै स्थानीय तहमा विस्तार गर्न अल्ट्रासाउण्ड मेसिन स्वास्थ्य निर्देशनालय मार्फत खरिद गरिएको ।
१३. सेती प्रादेशिक अस्पताल सुधारका निम्ति गुरुयोजना निर्माण गरि अक्सिजन प्लान्टको जडान कार्य तथा सोको लागि आवश्यक भवन निर्माण,थप माइनर ओ टि निर्माण, फिजियोथेरापी युनिटको स्थापना अत्याधुनिक उपकरणहरूको व्यवस्थापन, सेवा विस्तारको लागि विभिन्न ठाउमा प्रिफ्याबका संरचनाहरू निर्माण, फार्मेसी, बिमा, सामाजिक सेवाका नया फा“टहरू पायक पर्ने एकै ठाउमा खोलि सेवा सजिलो बनाईएको । भिडियो एक्सरे गर्ने ठाउमा धबष्तष्लन जबिि बनाएका । ठुलो बोरिंग गरि खानेपानीको आपूर्ति नियमित भएको । ओ पी डी मा बिरामीहरूका लागि बस्ने व्यवस्था गरिएको । शुद्द पिउने पानीको लागि च्इ कथकतझ जडान गरि संचालन भईरहेको । म्भभउ दयचष्लन जडान गर्ने कार्य । ठुलो ग्लमभचनचयगलम धबतभच तबलप निर्माण कार्य, प्रयोगशालाको विस्तार, नया“ सेवा तथा आधुनिक औजारहरू जडान कार्य, भिडियो एक्सरे, मुटुको भिडियो एक्स रे (भ्ऋज्इ), भिडियो भ्लमयकअयउथ सेवा विस्तार कार्य, भ्ल्त् (नाक, कान, घांटी) सेवा सुविधा विस्तार । अप्रेशन तथा परिक्षणको लागि आधुनिक उपकरण खरिद कार्य लगायतका कार्यहरू सुरुवात गरिएको ।्र
१४. नेपालमै पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता संचालन गरिएका ।्र
१५. १६ ओटा त्थ्एभ्(द्य प्रकारका आधुनिक एम्बुलेन्स खरिद गरिएको ।्र
माननीय सभामुख महोदय,
म अब प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालु आ.व.मा गरेका महत्वपूर्ण क्रियाकलापहरूको बारेमा संक्षिप्त जानकारी सम्मानित सदनलाई गराउन चाहन्छु ।्र
१. सम्पुर्ण कार्यक्रमहरूको अख्तियारी हस्तान्तरण गरिसकिएको र कार्यक्रम कार्यान्वयन कार्य्विधि, निर्दे्शिका, मापदण्ड आदि समेत तयार गरि पठाईएको ।्र
२. फाप्ला क्रिकेट मैदानको संरचना निर्माणको लागि जग्गा प्राप्तिको चरणमा रहेको ।्र
३. उच्चशिक्षा अध्ययन कार्यदलले प्रतिबेदन पेश गरेपछि प्रदेश विश्वबिद्यालय, प्रदेश पोलिटेक्निक स्थापनाको लागी संभाब्यता अध्ययन तथा डिपिआर निर्माणको भ्(द्यष्ममष्लन गर्ने योजना रहेको ।्र
४. प्रदेश खेलकुद बिधेयक २०७६, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान बिधेयक २०७६ मन्त्रिपरिषदबाट पास भई यस सम्मानित संसदमा दर्ता गरि सकेको ।्र
५. जनस्वास्थ्य सेवा बिधेयक २०७६, प्रदेश बाल अधिकार विधेयक २०७६ रायका लागि पठाईएको ।
६. प्रदेश युवा बिधेयक २०७६, स्वास्थ्य प्रबर्धन रणनीति २०७६, प्रदेशस्तरीय एकिकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनको रणनीति २०७६, सुदूरपश्चिम स्वास्थ्य नीति २०७६ आदिको मस्यौदा तयार भै सकेको ।्र
७. मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, सुदूरपश्चिम आरोग्य कार्यक्रम (जेष्ठ नागरिकहरूलाई योग, ध्यान, स्वास्थ्य शिविर, जीवनशैली परामर्श), सिकेलसेल अनिमिया र थालेसेमिया व्यवस्थापन कार्यक्रम, गाउघरमा चिकित्सक कार्यक्रम, सम्पूर्ण महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम घुम्ती हाइवे अस्पताल कार्यक्रम, जटिल प्रसुतिलाई हवाई एम्बुलेन्स मार्फत उद्दार, बिपन्न नागरिक उपचार आर्थिक सहायता, आत्महत्या रोकथाम तथा न्यूनीकरण, बिद्यालय मानसिक स्वास्थ्य कार्यक्रम, विस्तारित स्वास्थ्य सेवाजस्ता जनताले महशुस गर्ने खालका कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेका छन् ।
८. प्रदेश सरकार मातहतका सम्पुर्ण अस्पतालहरूमा अस्पताल व्यवस्थापन समिति गठन भैसकेको र सम्पूर्ण अस्पतालहरूमा सेवा सुदृढिकरण भैरहेको ।्र
९. हाल विश्वव्यापी रुपमा त्रासदी फैलाईरहेको भनिएको नोवेल कोरोना भाइरस सम्बन्धि रोकथाम, प्रतिकार्य तथा व्यवस्थापनका लागि नीतिगत निर्णय गरि मातहतका सबै निकायाहरूलाई कार्यान्वयन लागि निर्देशन भैसकेको र यस बाहेक सीमानाका एवं गेटा विमानस्थलमा हेल्प डेस्क संचालन गरिएको ।्र
१०. चालु आर्थिक वर्षमा पनि हे.अ., स्टाफ नर्स, ल्या.टे., ल्या.अ., अ.न.मी., अ.हे.व., इन्जिनियर, सबइन्जिनियर लगायतका ११७ जना प्राविधिक प्रदेश स्वयंसेवक मार्फत सेवा प्रदान गरिएको । यस बाहेक थप प्राविधिक राख्नका लागि मन्त्रिपरिषदबाट पास भैसकेको र अब प्रदेश सरकारलाई आफ्नै प्राविधिक जनशक्त्ति मार्फत भौतिक निर्माणका कार्य गर्न सहज हुने छ ।
११. बालविवाह, छाऊपडी प्रथा जस्ता समाजमा व्याप्त कुरीतिहरू न्यूनीकरणका लागि सरोकारवालाहरूको समन्वयमा महत्वपूर्ण क्रियाकलापहरू संचालन गरिरहेको ।्र
माननीय सभामुख महोदय,
अब म गत आ.व. मा खरिद गरिएका एम्बुलेन्स एवं अल्ट्रासाउण्ड मेसिनको विषयमा सम्मानित सदनलाई प्रस्ट पार्न चाहन्छु ।्र
 आ.व. २०७५÷०७६ मा प्रदेश सरकारबाट सुदूरपश्चिमका पहाडी जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा द्य त्थउभ का १६ वटा एम्बुलेन्स खरिदको लागि रु. ६,४०,००,०००।–(छ करोड चालिस लाख) वजेट विनियोजन भएको ।
 द्य त्थउभ एम्बुलेन्सको खरिदको लागि सरकारी मेकानिकल इन्जिनियरबाट स्पेशीफिकेसन बनाउन लगाइ स्वीकृत गरी रु ६ करोड ४० लाख कन्टिन्जेन्सी सहित लागत अनुमान स्वीकृत भएको ।
 सो लागत अनुमान अनुसार एम्बुलेन्स खरिदको लागि मिति २०७६ मंसिर २१ गते अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान भएको ।
 उक्त बोलपत्र आह्वानको सुचना अनुसार नियमानुसारको समयभित्र निम्न अनुसारका दुइ ओटा बोलपत्रदाताले बोलपत्र पेश गरेका ।
१. सिप्रदि ट्रेडिङ प्रा.लि. काठमाडौ ।
२. पायोनिर मोटो कर्प प्रा.लि. काठमाडौं
 निजले पेश गरेका बोलपत्रहरूको नियमानुसार मुल्यांकन हुदा पायोनिर मोटो कर्प प्रा.लि. काठमाडौको बोलपत्र पुर्णताको परिक्षण मै अनुत्तीर्ण भइ असफल भएको र सिप्रदी ट्रेडिङ प्राली सफल भएको । (किनकि निजले बोलपत्र खरिद गर्दा बुझाउनुपर्ने रु ५००० नबुझाई रु ३००० मात्र बैंक दाखिला गरेको र कबोल अंक रु ९,४३,९५,२७७.१७।– (नौ करोड त्रिचालिस लाख पन्चानब्बे हजार दुइ सय सतहत्तर) मात्र रहेको थियो भने सिप्रदिले कबोल गरेको कबोल अंक रु. ६,२५,१२,०००।– (छ करोड पच्चिस लाख बाह्र हजार) मात्र रहेको थियो)
 अतः मुल्यांकन समितिको सिफारिस अनुसार सिप्रदि ट्रेडिङ प्रालिसंग सम्झौता भई एम्बुलेन्स खरिद गरिएको र मिति २०७६÷०७÷२० गते प्रदेशका विभिन्न १६ स्वास्थ्य संस्थामा वितरण गरिएका ।

माननीय सभामुख महोदय,
 समाचारमा आए जस्तो ट्रकलाई एम्बुलेन्स बनाएको भन्ने कुराका विषयमा एम्बुलेन्स बनिबनाउ कतै पनि नहुने र माग र आवश्यकता अनुसार बिभिन्न कम्पनीहरूले एम्बुलेन्स निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । संयुक्त रास्ट्र संघ, अन्तर्राष्ट्रिय रेडक्रस, नेपाल प्रहरी, नेपाली सेनाले समेत यस्तै–यस्तै डिजाइनका एम्बुलेन्स संचालन गरिरहेको कुरा समेत सम्मानित सदनलाई अवगत गराउन चाहन्छु ।्र
 एम्बुलेन्सको मोडेलको सवालमा २०१४ को ४०७÷०३१–४ २१२१ मोडलको नभई २०१९ को क्ँऋ ४०७÷३१ ४८४ द्यक्द्ध मोडलको वातानुकुलित एम्बुलेन्स रहेको त्ब्त्ब् ःयतयचक ीष्mष्तभम को बिल, भन्सार प्रज्ञापन पत्र र गाडीको ब्लुबुक बाट प्रष्ट हुन्छ ।
 एम्बुलेन्सको मात्रै रकम ३१ लाख १२ हजार तथा उक्त एम्बुलेन्समा जडान गरिएका सामग्री र उपकरणहरू (एसी, अक्सिजन सप्लाई, मुटुको अवस्था मापन गर्ने यन्त्र, ईन्टुवेसन सेट, म्यानुअल सक्सन सेट, जिपिएस मोनिटर, बेडहरू लगायत आकस्मिक सेवा प्रदान गर्ने उपकरण र सामग्रीहरू जडान र ढुवानी समेत गरि ७ लाख ९५ हजार सहित एउटा एम्बुलेन्सको ३९ लाख ७ हजार गरि जम्मा ६,२५,१२,०००।– (६ करोड २५ लाख १२ हजार ) भुक्तानी भएको कागजपत्रबाट प्रष्ट हुन्छ ।
 यस प्रकार सबै कुराहरू विधि पद्धति र प्रक्रिया बमोजिम नै भएको कुरा सम्मानित सदन मार्फत सम्पूर्ण माननीय ज्यूहरूलाई जानकारी गराउन चाहन्छु ।
माननीय सभामुख महोदय,
अब म गत आ.व. मा स्वास्थ्य निर्देशनालय मार्फत खरिद गरिएका अल्ट्रासाउण्ड मेसिनको विषयमा सम्मानित सदनलाई प्रस्ट पार्न चाहन्छु ।्र
१. सुदूरपश्चिम प्रदेशमा उच्च रहेको मातृ तथा बाल मृत्युदर न्यूनीकरणका लागि गर्भवती आमाहरूको भिडियो एक्सरे मार्फत गर्भजांच सेवा ८८ वटै स्थानीय तहमा विस्तार गर्न अल्ट्रासाउण्ड मेसिन स्वास्थ्य निर्देशनालय मार्फत खरिद गरिएको थियो ।
२. संघीय सरकारबाट मातृ तथा बाल स्वास्थ्य सुदृढिकरण शिर्षकमा आ.व.को अन्त्य तिर (वैशाख) महिनामा प्राप्त विशेष अनुदानबाट सो खरिदका लागि स्वास्थ्य निर्देशनालयलाई रकम रु. १२ करोड ३२ लाख विनियोजन गरेको ।्र
३. स्वास्थ्य निर्देशनालयले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम परामर्श सेवा मार्फत बायोमेडिकल ईन्जिनियरसंग करार सम्झौता गरि ग्रामिण क्षेत्रमा समेत बोकेर लैजान मिल्ने (कम तौल भएको), ५÷६ घण्टा ब्याट्री ब्याक–अप भएको लगायतका आत्यावश्यक सुविधासहितको कम्तिमा ३ ओटा अल्ट्रासाउण्ड मेसिनको कम्पनिसंग मेल खाने प्राविधिक मापदण्ड तयार गरिएको ।्र
४. मिति २०७६÷०१÷२३ गते अन्तर्राष्ट्रिय बोलपत्र आव्ह्वान गरिएको ।्र
५. मिति २०७६÷३÷५ गते बोलपत्रदाताका प्रतिनिधिको रोहबरमा विद्युतीय बोलपत्र खोलिएको थियो । जसमा ५ वटा विभिन्न बोलपत्रदाताहरूबाट बोलपत्र पेश भएको थियो ।.

सि.नं. बोलपत्रदाताको नाम ठेगाना कबोल अंक (ऋक्ष्ए) भन्सार श्ुल्क र भ्याट बाहेक
ने.रु.(अमेरिकी डलरको विनिमयको आधारमा)

१ ल्ुम्बिनि हेल्थ केयर प्रा.लि. काठमाडौं म.न.पा. वडा नं. १० बानेश्वर, काठमाडौं
६ करोड ७५ लाख ८९ हजार ८०८

२ हस्पिटेक ईन्टरप्राईजेज प्रा.लि. काठमाडौं म.न.पा. वडा नं. ३५ तिनकुने, काठमाडौं ११ करोड ४५ लाख १८ हजार ९७६

लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रा.लि.
ललितपुर म.न.पा. वडा नं. १५, हात्तिवन, ललितपुर ११ करोड ६५ लाख ८५ हजार ०४०
४ ई.जी. ईन्फ्रा प्रा.लि. कठमाडौं म.न.पा. वडा नं. ३५ तिनकुने, काठमाडौं ११ करोड ८० लाख ६० हजार ८००
५ किकन्सेप्ट नेपाल प्रा. लि. कठमाडौं म. न. पा. वडा नं. २३, झोंछे, काठमाडौं ११ करोड ९६ लाख ९९ हजार ९७६
लागत अनुमान १२ करोड २८ लाख २४ हजार ४०९

६. बोलपत्रहरू मुल्यांकन गर्दा ५ ओटा मध्ये हस्पिटेक ईन्टरप्राईजेज प्रा.लि.,लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रा.लि. र ई.जी. ईन्फ्रा प्रा.लि. ३ ओटा कम्पनीको बोलपत्र सारभूत रुपमा प्रभावग्राही रहेकोमा हस्पिटेक ईन्टरप्राईजेज प्रा.लि.ले न्युनतम अंक कबोल गरेकाले सो कम्पनीको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा मिति २०७६÷०३÷१३ गते प्रकाशन गरिएको थियो ।
७. बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकासित गरेको सात दिनभित्र कुनै पनि बोलपत्रदाताले गुनासो नगरेको हुदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ बमोजिम न्युनतम मूल्यांंकित सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता हस्पिटेक ईन्टरप्राईजेज प्राली काठमाण्डौको बोलपत्र स्वीकृत गरी सम्झौता गर्न बोलाईएको हो । सोही बमोजिम मिति २०७६÷०३÷२२ गते करार सम्झौता सम्पन्न भई प्रतितपत्र खोल्ने कार्य समेत सम्पन्न भएकोे ।
भ्याट रकम कबोल अंकमा नै समावेश हुनुपर्ने भन्ने जन गुनासाका सम्बन्धमा
ड्ड अन्तर्राष्ट्रियस्तरको बोलपत्रको न्चयगउ ऋ मा ऋक्ष्ए एचष्अभ उल्लेख हुन्छ । जसमा भन्सार शुल्क र भ्याट समावेश हुदैन । खरिदकर्ताले नै उक्त रकम तिर्नुपर्ने हुन्छ । सबै बोलपत्रदाताहरुले न्चयगउ ऋ मा नै कबोल अंक पेश गरेका छन् ।
ड्ड लागत अनुमान तयार गर्ने क्रममा दररेट माग गर्दा आपूर्तिकताहरुले भन्सार शुल्क र मु अ.कर बाहेकको दररेट पेश गरेको ।
ड्ड सोही बमोजिम लागत अनुमान समेत तयार गरिएको ।
ड्ड प्रतितपत्र ९ीऋ० खोल्दा भन्सार शुल्क र भ्याट वाफतको रकम खातामा रोक्का गरी राख्न मिल्दैन ।
ड्ड भ्याट वाफत रकमको चेक त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको नाममा काटिने भएकोले अनियमितताको कुनै सम्भावना छैन ।

भन्सार शुल्क र भ्याट रकम ः
त्रिभुवन विमानस्थललाई भुक्तानी.ने.रु. २,१९,४३,१०३ (दुई करोड १९ लाख ४३ हजार १ सय ३)
म.प.को निर्णय अनुसार सामाजिक विकास मन्त्रालयबाट पेश्की प्राप्त.ने.रु. २,१३,५७,७८९ (२ करोड १३ लाख ५७ हजार ७ सय ८९)
स्वास्थ्य निर्देशनालयबाट थप गरेको .ने.रु. ५,८५,३१४ (५ लाख ८५ हजार ३ सय १४) (अमेरिकी डलरको विनिमय दरका वृद्धि भएकोले थपगर्नु परेको)
यस प्रकार खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन, नियामावली, विधि पद्धति र प्रक्रिया बमोजिम नै भएको कुरा सम्मानित सदन मार्फत सम्पूर्ण माननीय ज्यूहरूलाई अवगत गराउन चाहन्छु ।्र
माननीय सभामुख महोदय,
यसरी गत आ.व.मा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई संघिय सरकारबाट प्राप्त शसर्त, प्रदेश सरकारबाट विनियोजित, विशेष र समपुरक अनुदानबाट प्राप्त गरि जम्मा रकम रु. ५ अर्ब १२ करोड ४९ लाख ९८ हजार ४ शय अठ्ठाईस बराबरका कार्यक्रमहरू संचालन गर्ने आर्थिक दायित्व प्राप्त भएकोमा संघियताको नया अभ्यासमा रहेको सरकार एवं मन्त्रालयका खर्च इकाइहरू आर्थिक वर्षको अन्त्यसम्म पनि सुनिश्चित नहुनु, नीतिगत अस्पस्टता हुनु, जनशक्तिको अभाव लगायतका कारणका बाबजुत पनि सामाजिक विकास मन्त्रालयले ३ अर्ब ३२ करोड ४८ लाख ४७ हजार ७१८ (६४.८७५) का कार्यक्रमहरू कार्यान्वयन गर्न सफल भएका थियो । फेरी पनि सामाजिक विकास मन्त्रालयका काम कारवाही प्रति नकारात्मक सन्देस फैलाईको देख्दा मलाई उदेक लागेर आउछ ।्र हुन सक्छ यो मन्त्रालय आमजनतासंग प्रत्यक्ष सरोकार राख्छ त्यसैले पो हो कि ?
माननीय सभामुख महोदय,
सन्त कबिर नामका एक जना कबिले भनेका थिए– “अतिका भला न बोलना, अतिकी भलि न चुप” अर्थात न धेरै बोल्नु राम्रो न धेरै चुप रहनु नै ठिक । प्रदेश सरकार तथा सामाजिक विकास मन्त्रालयले गरेका उल्लेखनीय काम कारवाहीहरूको यथेष्ठ प्रचार प्रसार हुन नसके कै हो । मतलब हामी बोलेनौ या भनौ आफ्नो जिम्मेवारी पुरा गर्न लागि परेकाले प्रचारबाजीमा लागेनौ । यद्यपि शुरुवाती सिकाईका क्रममा कहिकतै सामान्य उल्झन आउनु स्वभाविक भए पनि पछिल्लो समय केहि संचार माध्यम तथा सामाजिक संजालहरूमा आएका गलत, भ्रामक, मनोगत टिप्पणी एवं कुप्रचारहरू प्रति सजग रहन सम्मानित सदन मार्फत आमजन समुदायलाई जानकारी गराउदै प्रदेश सरकार सामाजिक विकास मन्त्रालय आफ्ना हरेक क्रियाकलापहरूमा पारदर्शिता, स्पष्टता र जवाफदेहिता प्रति सदैव संवेदनशील रहने कुरा सम्मानित सदनमा राख्दै आम जनसमुदायको चासो, चिन्ता र भावनालाई उच्च सम्मान गर्दै आफ्ना भनाइ अन्त्य गर्दछु ।
धन्यवाद

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार