१२ श्रावण २०८१, शनिबार

उखु किसानका गुनासाप्रति ध्यान देऊ



पूर्वि नेपालमा लामो समयदेखि समस्या भोगिरहेका उखु किसानका मागबारे पछिल्लो पटक सरकारले सुनुवाई गर्ने पहल गरे पनि यता सुदूरपश्चिमको कञ्चनपुर जिल्लाका आम उखु किसानले अझैं पनि सरकारले तोकेको समर्थन मुल्य पाउन सकेका छैनन् । कञ्चनपुरका उखु किसानहरूले सरकारले तोकेको पछिल्लो समर्थन मुल्य भन्दा प्रति क्विन्टल एक सय रुपैया“ भन्दा कम भुक्तानी पाइरहेको गुनासो यथावत रहेको छ । त्यसैमा उखु खरिद बिक्रीमा विचौलियाको चलखेलले किसानले अझ क्षती बेहोर्नु परेको देखिदैछ । उखु किसानले काटेको उखु सुगर मिलले समयमै नउठाउने गरेबाट खेतमै सुक्ने समस्या छ । भने अर्कोतिर विचौलियाले भने कम मुल्यमा जतिवेला पनि किसानको उखु उठाउने गरेको देखिन्छ । ंसरकारले उखुको समर्थन मुल्य तोकको एक महिना भन्दा बढि भइसकेको छ, तर अझैं पनि सुगरमिलहरूले समर्थन मुल्य अनुसारको भुक्तानी दिने व्यवस्था मिलाउन सकेका छैनन् । यसले उखु किसानले ठूलो आर्थिक क्षति मात्रै बेहोर्नु परेको छैन, यो र यस्ता समस्याको समयमै सम्बोधन हुनसकेन भने आउदा दिनमा उखुखेतीमै ह्रास आउने निश्चित छ ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका उखुखेती किसानले विगतदेखि नै समस्या र क्षति बेहोर्दै आएका छन् । कैलालीको चुहागाउमा दुई दशकघि स्थापना भएको सुगर मिलले किसानको करोडौं रकम लामो समयसम्म भुक्तानी गर्न नसकेको सन्दर्भका साथै सो मिल नै बन्द भएपछि उखुखेतीमा संलग्न किसानमा घोर निराशा छाएको अवस्था छ । त्यसै पनि सुदूरपश्चिमका आम किसानले कृषि पेसाबाट आशातित आर्जन गर्न सकेको अवस्था छैन । स्थानीय, प्रदेश तथा संघीय सरकारले कृषि क्षेत्रको विकास तथा किसानका लागि थुपै्र पटक थुपै्रं कार्यक्रम घोषणा तथा लागू गरे पनि अझै आम किसानले उत्साहित हुने अवस्था महसुस गर्न सकेका छैनन् । अहिले कञ्चनपुरमा दुई वटा सुगरमिल सञ्चालनमा छन् । कैलाली र कञ्चनपुर उखुखेतीको राम्रो सम्भावना रहेको जिल्ला हुदाहुदै पनि किसानका समस्याको उचित सम्बोधन गर्नेतर्फ सरकारहरुको ध्यान नगएका कारण अपेक्षा गरिएअनुसार उखुखेतीको विकास र विस्तार हुनसकेको छैन भन्ने विश्लेषण अन्यथा हुदैन । कृषिमा आधारित उल्लेख्य रोजगारीमुलक उद्योगका रुपमा चिनी मिलको सम्भावना रहेको सन्दर्भमा तीनै तहका सरकारहरूले यसलाई प्राथमिकतामा राख्नु आवश्यक छ ।
कञ्चनपुरका उखु किसानले सरकारले तोकेको समर्थन मूल्य अनुसारको भुक्तानी पाउन नसकेको तथा उखु खेती तथा किसानका समस्याहरूलाई गम्भीरतापूर्वक मनन् गर्न ढिलाई गरिनु हु्“दैन । चिनि मिल प्रत्यक्ष रुपमा किसानसंग जोडिएको उद्योग भएका कारण किसानका समस्याको समयमै सम्बोधन गरिएन भने कृषि उद्योग विकास र विस्तारका कुरा अर्थहीन हुनेछन् भन्ने पनि बोध गर्नु जरुरी छ । उखु किसानका लागि विशेष अनुदान कार्यक्रमदेखि मलबीऊ, प्रविधि, सिंचाई, इन्धन, बजारीकरणसम्म सहज बनाउनेतर्फ सफल प्रयास गरिनु पर्दछ । अर्कोतिर, उखु किसानहरू संगठित भएर नै आफ्ना समस्या तथा अधिकारका बारेमा सशक्त ढंगले आवाज उठाउन सक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिनु पर्दछ । र, यसका साथै कैलाली, कञ्चनपुरमा सुगर मिल आशातित रुपमा विकास हुननकेको विगतका तिता अनुभवलाई आत्मबोध गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार