१० श्रावण २०८१, बिहीबार

२५ प्रतिशत बढी नागरिक मानसिक रोगी– अध्ययन प्रतिवेदन



धनगढी । नेपालमा २५ देदेखि ३० प्रतिशत नागरिकमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको तथ्यांकले देखाएको छ ।

संस्थाले बुधबार धनगढीमा सञ्चारकर्मीहरूसंग अन्तरक्रिया गर्दै देशभर २५ देखि ३० प्रतिशत मानिसमा कुनै न कुनै रुपमा मानसिक रोग रहेको तथ्यांक प्रस्तुत गरेको हो ।
गरिबी, अशिक्षा, सामाजिक कुसंस्कार लगायतका कारण मानसिक रोग लाग्ने गरेको मानसिक स्वास्थ्य तथा परामर्स केन्द्रले जनाएको छ ।
तीमध्ये जटिल मानसिक रोगी एकदेखि दुई प्रतिशत रहेको जनाएको छ । भावना, व्यवहार र विचारमा आउने गडबडी नै मानसिक रोग हुने केन्द्रले जनाएको छ ।
संसारमा १४ प्रतिशत मानसिक रोगीमध्ये डिप्रेसनमा परेका छ प्रतिशत र मुटुको समस्या सात प्रतिशत मानिसमा देखिएको केन्द्रको अध्यायनले देखाएको छ ।
मानसिक रोगकै कारण ९० प्रतिशत मानिसले आत्महत्या गरेको समेत केन्द्रले उल्लेख गरेको छ । मानसिक स्वास्थ्य तथा परामर्स केन्द्रका परामर्शदाता बिष्णुप्रसाद प्रजापतीका अनुसार आनी, बानी र ब्यवहारबाट मानसिक रोगी भए नभएको पत्ता लाग्ने गर्दछन् । समय तथा वातावरण अनुसार अगाडी बढ्न सक्ने क्षमता कम हुनु, जिवनमा आइपर्ने सामान्य तनावलाई समेत झेल्न नसक्नु, भावनात्मक परिस्थीतिमा ज्यादै बिचलित हुने, अर्थपुर्ण रुपले जीवनयापन गर्न नसक्ने जस्ता लक्षण भएको मानिस मानसिक रोगी हुने उनले बताए ।
मानसिक अवस्था पुर्ण गुमाएर सडकमा डुल्नेलाई मात्रै मानसिक रोगी नभनी ब्यक्तीको मनले गर्ने काम चेतना, परामर्स, भावनात्मक अनुभुती तथा सोचाइ आदीमा गडबडी नभइ निरन्तर रुपमा सम्पन्न गर्न नसक्नु लाइपनि मानसिक रोगी भन्ने गरेको उनी बताउ“छन् ।
सबैभन्दा बढी किशोराअवस्थामा मानसिक रोगी बन्ने सम्भावना रहेको मानसिक स्वास्थ्य तथा परामर्स केन्द्रले जनाएको छ । सो बेला सबै कुरा नबुझ्ने उमेरका कारणपनि डिप्रेसनमा जाने सम्भावना बढी हुने मानसिक स्वास्थ्य तथा परामर्स केन्द्रका बाल मनोबैज्ञानिक मधुबिलास खनालले बताए । घर परिवारबाट टाढा हुनु, बिद्यालयमा अपहेलित हुनु, शिक्षक, शिक्षिको कुटाइका कारण बालबालिकामा बढी मानसिक रोग देखा परेको उनले बताए ।
बालबालिकाले चाहेको कुरामा अबिभावकले ख्यालै नगर्ने, उल्टै हेप्ने, गाली गर्ने जस्ता बिबिध कारण बालबालिका तथा किशोर किशोरी मानसिक रोगको सिकार बन्ने गरेको उनले बताए ।
मानसिक रोगीलाई समाजले हेर्ने गलत दुष्टीकोणले पनि रोगी निको हुनुको सट्टा झन डिप्रेसनमा जाने मानसिक स्वास्थ्य तथा परामर्स केन्द्रले जनाएको छ । मानसिक रोगीलाई हेला गर्नु भन्दा माया र सद्भावको खा“चो रहेकाले उनीहरूको हेर बिचार गर्न आवश्यक रहेको मानसिक स्वास्थ्य तथा परामर्स केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार