२७ मंसिर २०८१, बिहीबार

सम्पादकीय : वीऊमा ठगिएका किसानको पीडा



कैलाली, कञ्चनपुरसहित मुलुकका एक दर्जन बढी जिल्लाका किसान यतिवेला धानमा बाला नलागेका कारण हतप्रभ अवस्थामा छन् । विगतमा पनि गलत वा नक्कली वीऊकै कारण कहिले गहुँबाली त कहिले अन्य बाली बिग्रेर हैरान भएका कैलाली र कञ्चनपुर सहितका जिल्लाका किसान अहिले गरिमा र सिन्दुरी जातको धानमा बाला नलागेका कारण के गर्ने, के नगर्ने ? भन्ने अवस्थामा छन् । कैलाली र कञ्चनपुरमा मात्रै सिन्दुरी र गरिमा जातको धान रोपेका करिब साढे तीन सय हेक्टर जमिनमा अहिले धानको बोट मात्रै छन् । धानबाली भित्राउने समय सकिनै लाग्दा समेत गरिमा र सिन्दुरी जातको धानमा अहिलेसम्म बाला लागेको छैन । गलत धानको वीऊका कारण यस पटक कैलाली र कञ्चनपुरका किसानले अनाहकमा करिब चार करोड रुपैया“ बढीको नोक्सानी बेहार्नुपर्ने अवस्था सिर्जना भएको छ । केही वर्ष अघि कैलालीकोे लम्कीचुहा नगरपालिका (साविक बलिया) मा नक्कली गहु“को वीऊका कारण सयौं किसान परिवारले निकै ठूलो क्षती बेहार्नुपरेको थियो । अहिले फेरि धानको वीऊमा ठगिनु परेको अवस्था छ ।
नेपालको मुख्य पेसा अहिले पनि कृषि नै हो र धानबाली प्रमुख कृषि उपज हो । कुल ग्रार्हस्थ उत्पादनको ठूलो र मुख्य हिस्सा कृषि उत्पादनले नै ओगटीरहेको सन्दर्भमा आम नेपाली किसानले कहिले कमसल वीऊ र मलखादका कारण, कहिले समयमा मलखाद र वीऊबिजन नपाएका कारण अथवा कुनै रोग लाग्दा समयमा उचित उपचार नपाएका कारण नोक्सानीमाथि नोक्सानी बेहोर्नु पर्ने स्थितिमा अहिले पनि रत्तीभर परिवर्तन भएको देखिदैन । त्यसैमा सिंचाईं सुविधाको अभाव, समयमा समर्थन मुल्य निर्धारण नगर्ने प्रवृत्ति, सितगृहको अभाव, बजारीकरणको समस्या, सरकारी अनुदानमा वास्तविक किसान भन्दा अवास्तविक किसानको हालीमुहालीको समस्या छ छदैछ । अझैं पनि किसान र कृषि पेसाले सम्मान पाउन सकेको देखिदैन । परिणामस्वरुप अहिले पनि आम नेपाली किसानले व्यवसायिक कृषि भन्दा पनि गुजारामुखी कृषि प्रणाली नै अ“गालीरहेको अवस्था छ । त्यसैमा पटकपटक गलत वा नक्कली अथवा कमसल वीऊका कारण उत्पादन नै गुमाउनु पर्ने पीडाका कारण किसानले कृषि पेसाबाट विरक्त हुनुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।
कैलाली, कञ्चनपुर सहित मुलुकभरीका जिल्लामा सिन्दुरी र गरिमा जातको धानमा बाला नै नलागेको परिप्रेक्ष्यमा सरकारले पीडित किसानलाई उचित क्षतीपूर्ति, राहत त प्रदान गर्ला नै, तर यत्तिले मात्रै आम नेपाली किसानले वीऊविजन, मलखादको गुणस्तरबारे ढुक्क भएर विश्वास गर्नसक्ने अवस्था निर्माण हुदैन । कैलाली, कञ्चनपुर सहितका जिल्लाका किसानले लगाएको गरिमा तथा सिन्दुरी जातको धानमा बाला नलागेपछि ती धानको वीऊ उत्पादक तथा बिक्रेता दुवैलाई कानूनी कारबाही प्रक्रियामा ल्याउन जरुरी छ । सरकारी स्वामित्वमा रहेको कृषि अनुसन्धान परिषद् सहितका निकाय÷संस्थाबाट प्रमाणित वीऊविजन नै गलत हुने अवस्था आउनु निश्चित रुपमा बिडम्बना मान्नु पर्दछ । त्यसैले पनि यस पटक गरिमा र सिन्दुरी जातको धानको वीऊमा देखिएको समस्या भविष्यमा दोहोरिन नदिन यो प्रसंगलाई अनदेखा गर्ने वा सामान्यकरण गर्ने मानसिकता गलत हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार