५ जेष्ठ २०८१, शनिबार

बालबालिकामाथिको जोखिम बढ्दो– सिविन



धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी बालबालिकामाथिको जोखिम बढिरहेको तथ्यांकले देखाएका छन् ।


बाल हेल्पलाईन (सिविन) नेपालले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा सुदूरपश्चिम प्रदेशमा बालविवाह, बालश्रम, यौन शोषण, बेचविखन तथा ओसारपसार, जोखिमपूर्ण रोग, दुर्घटना तथा प्रकोप, शारीरिक तथा मानसिक यातना लगायत कारण बालबालिकाहरू जोखिममा पर्ने गरेको उल्लेख छ ।
सिविन नेपालले सोमबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा गत आर्थिक वर्ष २०७५÷०७६ मा सुदूरपश्चिम प्रदेशमा विभिन्न जोखिममा परेका बालबालिका तथा उद्दारको तथ्यांक सार्वजनिक गरेको छ ।
सिविन नेपाल धनगढीका सुदूरपश्चिम कार्यक्रम संयोजक विष्णु पौडेलले कार्यालयमा गत आर्थिक वर्षमा बालअधिकार हनन्का एक सय ६१ वटा घटना दर्ता भएको बताइन् ।
उनले अझैं पनि बालबालिकाप्रति कतिपय अभिभावक संवेदनशील बन्न नसकेको बताइन् । ‘अभिभावकहरुले बालबालिकाको हेरचाह नगर्ने, जन्मदै सडकमा छोड्ने लगायतका कारण पनि बालबालिका जोखिममा पर्दै गएका छन्’ उनले भनिन् ।
शिविन नेपालले सञ्चालन गरिरहेको टोलफ्री नम्बर ‘१०९८’ मा बालबालिकाका विभिन्न मुद्दाका तीन हजार एक सय ९३ गुनासो आएको जनाइएको छ । जसमा यौन दुव्र्यवहारका ३१, मृत्युका सात, हराएका ४४, श्रम शोषणका दुई, उद्दारका १३, बालविवाहका २९, अनलाईनमा दुव्र्यवहारका १२, बालिबालिका बेचविखन चार, शाररिक शोषणका १७, प्रहरी नियन्त्रणका नौ वटा उजुरी परेको जनाइएको छ ।
सिविनमा योसंगै अनावश्यक फोन कल आउने गरेको पनि जनाइएको छ ।
सडक, यौन तथा शाररिक यातना, बालश्रम लगायतबाट उद्दार गरेको तथ्यांक सार्वजनिक गरेकी थिईन् । सिविन नेपालले सडक बालबालिकामा पा“च, जोखिमपूर्ण वा जवरजस्ती श्रममा परेका एक बालक र दुई बालिका गरि तीन, हराएका तथा वेवारिसे परेका बालबालिका छ, शाररिक तथा मानसिक यातनामा रहेका तीन वालक र छ बालिका गरि नौ, जोखिमपूर्ण विरामी, दुर्घटना तथा प्रकोपमा परेका चार बालक र तीन बालिका गरि सात जनाको उद्दार गरिएको जनाइएको छ ।
त्यस्तै, कठिन परिस्थितिमा रहेका सात बालक र चार बालिका गरि ११, यौन शोषण दुव्र्यहारमा परेका पा“च, बेचविखन र ओसार पसारमा परेका छ बालक र सात बालिका गरि १३ जनाको उद्दार गरिएको थियो ।
त्यस्तै, कारागार वा हिरासतमा परेका अभिभावकका बालबालिका वा बालविज्याईमा संलग्न दुई बालक, अन्य चार बालक र सात बालिका गरि ११ जना उद्दार गरिएको जानकारी दिइन् ।
कार्यक्रममा अधिवक्ता देवीलाल चौधरीले अहिले बालबालिका विषयहरु समाजमै मिल्ने गरेको पनि गुनासो गरे । ‘देश संघियतामा गएसंगै स्थानीय तहमा जनप्रतिनिधीहरु निर्वाचित भएका छन’ उनले भने– बालबालिका सम्बन्धी हुने घटनाहरु कतिपय जनप्रतिनिधीहरुकै सहमतिमा समाजमा मिलाइने गरेको पनि अवस्था छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख खेमराज पन्त, सेती अञ्चल अस्पतालका गौरी जोशी, बालबालिका तथा महिला क्षेत्रमा काम गरिरहेका संघ÷संस्थाका प्रतिनिधी, बाल क्लबका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सिविन नेपालका हरिलाल चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार