११ पुष २०८१, बिहीबार

सम्पादकीय : छोरीको सम्मान



छोराका लागि एकपछि अर्को छोरी पाउनेदेखि छोरा र छोरीमा शिक्षादिक्षा, लानपालन, स्याहारसुसारमा विभेद गर्ने नेपाली समाजमा पछिल्ला वर्षहरूमा छोरीप्रतिको व्यवहारमा केही परिवर्तन आइरहेको देखिदैछ । सुदूरपश्चिम जस्तो तुलनात्मक रुपमा सामाजिक, शैक्षिक रुपमा पछाडी रहेको तथा विभिन्न सामाजिक÷सांस्कृतिक कुरीति र कुसंस्कारबाट ग्रस्त समाजमा एउटी छोरी जन्मिएपछि सन्तानको चाहना पुरा भएको भन्दै सन्तुष्ट हुने दम्पत्तिको उपस्थिति साच्चै नै उत्साहप्रद छ । यसको गतिलो उदाहरण बझाङका आठ दम्पत्तिलाई गरिएको सम्मान बनेको छ । छोरी जन्मिएपछि सन्तानको रहर पुरा भएको भन्दै पूर्ण सन्तुष्टिका छोरीको उज्ज्वल भविष्यका लागि प्रयासरत यी दम्पत्ति वास्तव मै छोरा र छोरीमाथि अझैं पनि विभेदको मानसिकतामा बाचिरहेका अरुहरुका लागि गतिलो पाठ हो । छोरा र छोरीमाथि अभिभावक, परिवार तथा समाजमा हुने विभेदको पीडादायक अवस्था रह“दासम्म सभ्य, सुसंकृत, समतामुलक तथा न्यायपूर्ण समाजको कल्पना सम्भव हुदैन । अहिले पनि गर्भको भ्रूण जा“चका नाममा छोरी रहेको पत्ता लाग्दा गर्भपतन गर्ने प्रवृत्तिमा कमी आएको छैन । गर्भदेखि मृत्युपर्यन्त छोरीमाथि हुने विभेदको अवस्था समाजका लागि ठूलो चुनौति रहेको सन्दर्भमा छोरीमाथि गरिने सम्मानका सानाठूला व्यवहार साच्चै नै स्तुत्य हो ।
संविधान कानूनले छोरा र छोरीमाथि कुनै पनि किसिमको विभेद अमान्य गरेको छ । नेपाल, भारत जस्ता अपेक्षाकृत बढी रुढीबादी र सामन्ती अभ्यास र संरचना भएका समाजमा पछिल्ला दिनमा छोरी पढाऊ, छोरी बचाऊ जस्ता नाराले राष्ट्रिय स्वरुप पाउदै गएको अवस्था छ । समाजमा अहिले पनि छोरीमाथि अभिभावक, परिवार तथा समाजबाट हुने भेदभावको पूर्ण अन्त्यका लागि नै यस्ता अभियान र नाराको सार्थकता छ । तर, संविधान तथा कानूनमा व्यवस्था भएका कारण अथवा सरकारहरूले घोषणा गरेका भरमा नै छोरीमाथिको विभेदको अन्त्य सम्भव छैन भन्ने कटुयथार्थ हो । त्यसैले पनि घरपरिवार र समाजबाटै छोरीमाथिको विभेदको समुल अन्त्यका लागि घनिभूत प्रयासले निरन्तरता पाउनु जरुरी हुन्छ । भ्रूर्ण हत्यादेखि घरभित्र, विद्यालयदेखि कर्मस्थलसम्म छोरीमाथि कुनै पनि किसिमको विभेदका अंश समेत नरहुन् भन्नाका लागि प्रत्येक दम्पत्ति, परिवार र समाजले सकारात्मक सोचका साथ व्यवहार गर्नेतर्फ गम्भीरतापूर्वक मनन् गर्नु पनि उत्तिकै आवश्यक छ ।
बझाङमा छोरीलाई नै सन्तानका रुपमा ग्रहण गरेर तदनुरुपको लालनपालन गर्ने दम्पत्तिलाई गरिएको सम्मानलाई अन्यत्र पनि फैलाउनु जरुरी छ । बढी रुढिवादी र सामन्ती सोच र अभ्यास भएका समुदाय, सांस्कृतिक तथा धार्मिक समुह, क्षेत्रमा यस्ता प्रयासहरू अझ बढी घनिभूत रुपमा विस्तार गरिनु पर्दछ । यसका लागि अहिले उपयुक्त समय पनि हो । हरेक स्थानीय तह स्वयंले छोरीमाथि हुने विभेद अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सक्ने अवस्था छ । किनकि समाजबाटै हुने यस्ता सकारात्मक प्रयासहरू बढी उपलब्धीमुलक हुनेमा विमति रहदैन । केही स्थानीय तहले छोरीका लागि विभिन्न शैक्षिक सहितका कार्यक्रम लागू गरेको सन्दर्भमा यस्ता कार्यक्रमको प्रभावकारीताको मुल्यांकन गर्दै आगामी दिनमा अझ उपलब्धीमुलक कार्यक्रम तर्जुमा गर्नेतर्फ पनि स्थानीय तहहरु अग्रसर हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार