४ जेष्ठ २०८१, शुक्रबार

आज अट्वारी, धुमधामका साथ मनाइँदै



धनगढी । आज अट्वारी पर्व । पश्चिम नेपालका थारु समुदायको प्रमुख मध्येको एक मौलिक सांस्कृतिक, धार्मिक पर्व । आज (आइतबार) अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ ।


अट्वारी पर्व हरेक वर्ष भदौ शुक्ल पक्षको पहिलो आइतबार मनाइने गरिन्छ । यो पर्वमा थारु समुदायका पुरुषले दिदीबहिनीहरूको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै ब्रत बस्छन् । शनिबार मध्य रातमा माछा र तोरियाको तरकारी र भातको दर खाएर दाजुभाईहरूले आइतबार दिनभर ब्रत बस्ने चलन छ ।
ब्रत बसेका पुरुषहरूले बिहानभरि घरको कामकाज सकेपछि गहु“, चामल र अण्डी चामलको विभिन्न थरीका रोटी पकाउने गर्दछन् । यसका साथै दही, घ्यु, केरा, काक्रो, अम्बा आदि सगुनको रुपमा प्रयोग गरिन्छ । दिनभरीको ब्रतपछि सा“झ सूर्य अस्ताउने बेला अन्नी पुजा गरेर अट्वारी ब्रत खोल्ने चलन छ । ब्रत खोले पनि ब्रतालुले तरकारी र नुन खुर्सानी भने खान पाइदैन ।
अटवारी पर्वका क्रममा सोमबार बिहानै खानाका विभिन्न परिकारहरू (भात, कर्कलो, तामा, गेडागुडी, पकौडी, खेरिया लगायत) तयारी गरी फलाहार गरिन्छ । आइतबारको ब्रत तोड्दा र सोमबार बिहान फलाहार गर्दा पहिलो भाग दिदीबहिनीका लागि छुट्याएर सोमबार नै दिदीबहिनीका घर पु¥याउने चलन छ ।
किम्वदन्ती अनुसार प्राचीनकालमा थारु समुदायका एक छोरीमाथि भइरहेको अत्याचारबाट उनलाई पा“च पाण्डव मध्येका माइला भाई भीमले उद्धार गरेको स्मरणमा उनै भीमको नाममा व्रत बस्ने र पुजाआजा गर्ने चलन छ ।
अर्को किंवदन्ती अनुसार माहिला पाण्डव भिमले थारु राजा दंगीशरणलाई युद्धमा सहयोग गरेको कारण उनको लागि पुजाव्रत गर्ने गरेको पनि विश्वास गरिन्छ ।
माहिला पाण्डव भिम सुर्खेतको काक्रेबिहार घुम्न आएको बेला दाङका राजामाथि शत्रुबाट आक्रमण भएपछि उतिखेर रोटी पकाउ“दै गरेका भिमले काम छोडेर भोकभोकै दंगीशरणलाई सहयोग गरेको र उनको सहयोगमा राजा दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेका थिए ।
प्रचलनअनुसार अट्वारीमा विभिन्न थरीका रोटी पकाउने क्रममा एउटा ठूलो साइजको रोटी पकाइने गरिन्छ । यो रोटीलाई भिम रोटी भनिन्छ । भीमले रोटी पकाउ“दा पकाउदै लडाईमा गएकाले त्यो रोटी एकातर्फबाट मात्रै पाकेको थियो । अट्वारीमा पकाइने भीम रोटी पनि एकातर्फमात्र पकाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार