३ जेष्ठ २०८१, बिहीबार

जयपृथ्वीबहादुर सिंह जन्मजयन्ती : राष्ट्रिय विभूति घोषणा गर्न माग



बझाङ । मानवताबादी राजा जयपृथ्वीबहादुर सिंहको एक सय ४३ औ जन्म जयन्तीका अवसरमा शनिबार बझाङमा विभिन्न कार्यक्रम भएका छन् ।


कार्यक्रममा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्न माग दोहो¥याइरहेको छ । जयपृथ्वीबहादुरलाई राष्ट्रिय विभूति घोषणा गर्न विभिन्न पक्षबाट लामो समयदेखि माग भइरहे पनि सरकारले अझैं सुनुवाई गरेको छैन ।
मानवतावादी व्यक्तित्वका रुपमा स्थापित राजा जयपृथ्वीबहादुरको जन्म बिक्रमसम्वत १९३४ साल भदौ्र ७ गते मंगलबारका दिन बझाङको चैनपुरमा भएको हो । उनले पहिलो पटक मानवतावादी दर्शनलाई नेपालका साथै विश्वभरी फैलाउन अहम् भूमिका निर्वाह गरेका थिए ।
उनको जन्म जयन्तीका अवसरमा शनिबार जयपृथ्वी बहुमुखी क्याम्पस, सत्यवादी माध्यामिक विद्यालय भोपूर र सत्यवादी माध्यामिक विद्यालय मेल्लेखले विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।
जयपृथ्वी क्याम्पसले साताब्यापी कार्यक्रमको आयोजना गरेको छ भने सत्यवादी मावि भापूर र सत्यवादी मावि मेल्लेखले एक दिने कार्यक्रम आयोजना गरेका थिए ।
जन्म जयन्तीका अवसरमा जयपृथ्वी बहुमुखी क्याम्पसको आयोजनामा महिला तथा पुरुष भलिवल प्रतियोगिता, चेस, वक्तृत्वकला, निबन्ध, हाजिरीजवाफ तथा हिज्जे प्रतियोगिता भएका थिए ।
त्यसैगरि सत्यवादी मावि भोपुर र मेल्लेखले हाजिरीजवाफ, हिज्जे र चम्चादौड प्रतियोगिता र कविताबाचन प्रतियोगिता आयोजना गरेका थिए ।
राष्ट्रिय विभूति घोषणा गर्न माग
यसैबीच, जयपृथ्वी जन्म जयन्तीका अवसरमा विभिन्न नागरिक संघसस्थाले राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय बिभूति घोषणा गर्न सरकारसंग माग दोहो¥याएका छन् ।
गोरखापत्रका पहिलो सम्पादक समेत रहेका राजा जयपृथ्वीबहादुर सिंहले. नेपालबाट विश्वभरी मानवतावादी दर्शन फैलाउनुका साथै समाज सुधारका लागि गरेको अतुलनीय योगदानको सम्मान गर्दै राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग पहिलेदेखि हु“दै आएको छ ।
नागरिक अगुवाहरूले राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणाको माग गर्दै हरेक वर्ष हजारौं व्यक्तिको हस्तारक्षर संकलन सहितको ज्ञाापनपत्र बुझाउने गरिए पनि सरकारले चासो नलिएकोमा गुनासो तथा आक्रोस व्यक्त गरे ।
तत्कालीन बझाङ राज्य तथा राजपरिवारको बशांवलीका जानकार बिष्णुभक्त जोशीले भने– राजपरिवारमा जन्मिएर तथा राणा परिवारमा हुर्केर पनि जयपृथ्वीले नागरिक अधिकार र नागरिक स्वतन्त्रताका लागि गरेको योगदान सधैं स्मरणीय छ । त्यसैले उहा“को योगदानको उच्च सम्मान गरेर राष्ट्रिय विभूति घोषणा हुनु पर्दछ ।
राजा जयपृथ्वीको १९९७ साल असोज १ गते ६३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार