१० श्रावण २०८१, बिहीबार

सम्पादकीय : दुर्गममा स्वास्थ्य सेवाको पहुँच बृद्धि गर



समयमै उचित उपचारको अभावमा अकालमा मृत्यु बरण गर्नुपर्ने बाध्यतामा रहेका दुर्गम ठाउ“का बासिन्दाले सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु पर्छ भन्नेमा दुईमत नरहे पनि अहिले पनि ती विकट तथा दुर्गम गाउ“वस्तीमा स्वास्थ्य सेवा पुर्याउनेतर्फ ध्यान गएको देखिदैन । प्रदेश तथा संघीय सरकारको बजेटमा अझ पनि अपेक्षाकृत रुपमा बढी सुविधा भएका स्थानमा नै स्वास्थ्यका लागि लगानी गरिएको पाइन्छ । सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, दार्चुला लगायतका पहाडी जिल्लाका विकट गाउवस्तीमा कुनै पनि कारणले गम्भीर घाइते हुदा होस् वा प्रसवका वेला जटिलता बृद्धि हुदा होस् समयमै उपचार नपाएर मृत्यु भएका घटना दोहोरिने क्रम रोकिएको छैन । प्रत्येक जिल्लामा सरकारी जिल्ला अस्पताल छन् । स्वास्थ्य चौकीहरू छन् । तर, ती जिल्ला अस्पतालमा कस्तो खालको स्वास्थ्य सेवा उपलब्ध छ भन्ने दोहो¥याइरहनु पर्दैन । न त प्रदेश वा संघीय सरकारले पनि अपेक्षाकृत विकट जिल्ला तथा पालिकाका अस्पताल वा स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि खासै ध्यान दिएको पाइदैन ।
कैलाली, कञ्चनपुर जस्ता तुलनात्मक रुपमा सुविधासम्पन्न जिल्लामा सरकारी स्तरबाट मात्रै होइन, निजी क्षेत्रबाट पनि स्वास्थ्यको क्षेत्रमा लगानी बृद्धि भइरहेको तथ्यहरुले देखाउछ । अझ कतिपय पालिकामा त प्रदेश तथा संघीय सरकार दुवैको स्वास्थ्य भवन आदि निर्माणमा लगानी रहेको पनि देखिन्छ । जनसंख्या, भूगोल तथा जनताको आवश्यकताका आधारमा भन्दा पनि बढी सुविधा भएका ठाउँमा लगानी गर्नु सजिलो ठानिन्छ । यसले गर्दा गुणस्तरीय स्वास्थ्य सेवाका सबैको समान पहु“च फगत नारा वा गफ मात्रै बनेको छ । अझैं पनि दुर्गम गाउँवस्तीमा आधारभूत स्वास्थ्य सेवा नपाएर बिरामीले छटपटाउनु पर्ने अवस्था छ । दुर्गम गाउवस्तीका जनताले विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउने त कल्पना समेत गर्न सकेका छैनन्, अझैं पनि ।
सबै गाउ“वस्तीमा ठूला अस्पताल बन्नैपर्छ भन्ने छैन । त्यस्तै, सबै जिल्लामा मेडिकल कलेज नै हुनुपर्छ भन्ने आग्रह पनि उचित हुदैन । तर, अस्पतालको निर्माण गर्ने प्रसंग होस् वा स्वास्थ्य सुविधा विस्तार गर्ने सवाल होस्, न्यायोचित हुनु अनिवार्य हुन्छ । प्रत्येक गाउवस्तीका जनताले कम्तिमा आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार राख्छन् । त्यस्तै, स्वास्थ्य जटिलता आउदा कम्तिमा जिल्ला सदरमुकामसम्म विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुनु पर्दछ । प्रदेश सरकारले कुनै दुर्घटनामा घाइते भएका वा जटिल प्रसव वेदनाबाट पीडित गर्भवती हुन्, एयर लिफ्टिङ गरेर सुविधासम्पन्न अस्पतालमा पु¥याउने व्यवस्था गरेको छ । पीडामा रहेका नागरिकको सहायता तथा उद्दार गर्नु सरकारको दायित्व हो । त्यसैले एयर लिप्mिटङ सेवा आवश्यक हो । तर, एयर लिफ्टिङ निश्चित पनि महंगो सेवा हो । त्यसैले पटके सेवाको साटो गाउ“वस्तीमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनेतर्फ ध्यान दिनु आवश्यक छ । त्यस्तै, संघीय, प्रदेश तथा स्थानीय सरकारबीचको समन्वय र सहकार्यबाट नै स्वास्थ्य सेवा विस्तारका लागि ठोस योजना र कार्यक्रम अघि बढाउनु आवश्यक छ । कम्तिमा प्रत्येक पालिकामा विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ ठोस कार्यक्रम सञ्चालन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार