१० श्रावण २०८१, बिहीबार

हावाहुरीले कुखुरा व्यवसायमा १० करोडको नोक्सान



धनगढी । धनगढीका दलबहादुर शाहले राम्रै आम्दानी हुने सोचेर ऋणदान गरेर आठ वर्षअघि कुखुरा ब्यावसाय सुरु गरे । उनले आफूसहित छ जनाले संयुक्तरुपमा सुरु गरेको कुखुराको ब्यावसाय ठीकठीकै पनि चल्दै थियो ।


धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडामा १८ कट्ठामा कुखुरा पालन ब्यावसायी गरेका उनले बैंकबाट सवा एक करोड ऋण र छ जनाको दुई करोड गरी सवा तीन करोड लगानीमा १२ हजार लेयर्स जातको कुखुरा ब्यवसाय गरेका थिए ।
दैनिक २६ पेटी अण्डा उत्पादन हुने उनको कुखुरा फर्म चार दिनअघि अर्थात् २३ जेठमा आएको हावाहुरीले पूर्ण क्षति पुृर्याएपछि यतिबेला दलबहादुरलाई इन्तु न चिन्तु बनाएको छ ।
उनले भने हावाहुरीले कुखुरा, फर्म तथा दाना, मेसिन लगायत हावाहुरीले उडाएर कामै नलाग्ने बनाएको बताउदै बैंकको किस्ता र काम गर्ने मजदूर पैंसा तिर्न समस्या आइलागेको छ । उनको फर्ममा १० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।
बिनासकारी हावाहुरीले उनीजस्तै अन्य कुखुरा ब्यावसायीलाई ठूलो क्षति पुर्याएको छ । कुखुरा अण्डा ब्यावसायी संघ कैलालीका अनुसार कैलाली र कञ्चनपुरमा आएको बिनासकारी हावाहुरीले सबै भन्दाबढी कुखुरा ब्यावसायीलाई मार परेको जनाएको छ ।
नेपाल कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयका अनुसार कैलालीमा मात्रै कुखुरा पालक किसानहरुको १० करोड भन्दा बढीको क्षति भएको अनुमान गरेको छ । उनले कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण कुखुरा व्यावसायीलाई सबैभन्दा क्षति पुर्याएको बताए ।
जुगेडामै कुखुरा व्यावसायी गर्दै आएका हिमालय गिरी पनि हावाहुरीले आफनो व्यावसायी चौपट बनाएपछि यति बैंकको किस्ता र मजदुरको पैसा कसरी तिर्ने भनेर चिन्तित छन् । सारा लगानी हावाहुरीले उडाएर लग्यो अब कसरी जिविकोपार्जन गर्ने होला । हावाहुरीले उडाएको फर्म देखाउ“दै उनले भने । उनले यसै त कुखुरा व्यावसायीलाई चोरी निकासीका कारण बजारमा टिक्नै गाह्रो थियो । त्यसैमा हावाहुरीले कुखुरा र फर्ममै उडाएर लगेपछि झनै समस्या परेको बताए ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ११ घोडसुवाका किसान दीपक खत्रीले हावाहुरीका कारण आफनो फार्ममा छाना उडेपछि चिन्तित छन् । उनले आठ सय चल्ला र एक हजार चार सय तयारी कुखुरा मरेको बताए । उनले आफुलाई पा“च लाख बराबरको नोक्सानी भएको बताए ।
गोदावरी नगरपालिकाको अत्तरियामा लोकल कुखुरा र अष्ट्रिच पालन गरिरहेका हेमन्त अवस्थीले हावाहुरीका कारण छाना उड्दा लोकल कुखुरा र अष्ट्रिचका चल्लाहरु हराएको बताए । अवस्थीको फार्ममा अष्ट्रिचका ६ सय चल्ला र लोकल कुखुरा १ हजार थिए ।
आफुहरुलाई बैंकको किस्ता तिर्न र अन्य सहुलियतका लागि सम्बन्धीत सरोकारवाला निकायले विशेष सहुलियत दिनुपर्ने कुखुरा व्यवसायीहरुको माग रहेको छ । उनीहरु भन्छन् ‘कुखुरा तथा फर्मको विमा पनि गर्न कसैले मान्दैनन । आफनो व्यावसायीको विमा गरिदिन पहल होस् । नत्र कुखुरा व्यावसायी नसकि पलायन हुनुपर्ने अवस्था रहेको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले कुखुरा तथा कृषकहरुलाई के कति राहत रकम उपलब्ध गराउने भन्ने अहिलेसम्म निर्णय गर्न सकेको छैन् । कुखुरा व्यावसायी शाहले भने –‘फर्ममा पुर्याएको क्षतिबारे विवरण संकलन गर्न कोही आएको छैन् । राहत दिन पनि कसैले चासो दिएको छैन् ।’
सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले बालीनाली, पशुपन्छीमा क्षति भएको विषयमा विषयगत मन्त्रालयले कानुन बमोजिम मापढण्ड बनाई कार्यान्वय गर्नुपर्ने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार