१८ बैशाख २०८१, मंगलवार

सम्पादकीयः नारीप्रतिको सम्मान



हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रमसहित देशभरी मनाइएको छ । महिला अधिकार र समानता, आत्मसम्मान र आत्मनिर्भरता, राज्यका हरेक तह तथा अवसरमा समान अवसर, घरभित्र र बाहीर सुरक्षा, कुनै पनि किसिमको भेदभाव तथा हिंसाको अन्त्य सहितका बहस तथा अन्तक्र्रियाबीच विभिन्न कार्यक्रम भए । ¥याली, पदयात्रा, अन्तक्र्रिया, सभा, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदि कार्यक्रममार्फत अन्तर्राष्ट्रिय नारी दिवसको महत्वबारे एक पटक पुनः सबैमा सन्देश पु¥याउने प्रयास गरियो । नारी दिवस मनाइरहदा विभिन्न क्षेत्रमा योगदान पु¥याएका तथा महिला अधिकार तथा समानताका लागि संघर्ष गरेका महिलाहरुलाई सम्मान गरियो । नेपालमा संवैधानिक रुपमा महिलाहरुका लागि समान अधिकार र अवसर सुनिश्चित गरिएको छ । स्थानीयदेखि प्रदेश तथा संघीय सरकार, प्रदेश तथा संघीय संसद, न्यापालिका, प्रशासन सबैतिर महिलाको उल्लेख्य प्रतिनिधित्व रहेको अवस्था छ । यी सबै तथ्यांकले महिला अधिकार तथा समान अवसरको अवस्थामा सुधार आएको देखाउछ । तर, अर्कोतिर विभिन्न घटनाले अहिले पनि महिला विरुद्धको हिंसा तथा विभेदको अवस्था कायमै रहेको देखाउछ ।
सुदूरपश्चिमको चर्चा गर्दा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाले यी सबै सुधारका तथ्यांकलाई ओझेलमा पारेको छ । सात महिना अघि बालिका निर्मलाको बलात्कार पछि निर्मम हत्या भयो । प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री, प्रहरी प्रमुख आदिले बारम्बार निर्मला हत्या घटनाका वास्तविक दोषि पत्ता लगाइ छोड्ने सार्वजनिक रुपमा प्रतिवद्धता व्यक्त गरे । अहिलेसम्म थुप्रै व्यक्तिलाई दोषीका रुपमा उभ्याइयो । तर, एक जना पनि दोषि सावित भएनन् । मन्त्रीहरुले सार्वजनिक रुपमै घटनाको वास्तविक दोषि पक्राउ भइसकेको जानकारी दिए, तर अहिलेसम्म न त वास्तविक दोषी पत्तँ लगाइएको छ, न त घटनाको सत्यतथ्य नै छानबिन भएको छ । बरु, घटनाको सुरुवातदेखि नै प्रमाणहरु नष्ट गर्ने तथा छानबिनलाई फितलो बनाउनेतर्फ नै प्रहरी तथा सरकारको प्रयास रहेको छ भन्नु अत्युक्ति हुदैन । यो एउटै घटनाले यति धुमधामसंगै मनाइएको अन्तर्राष्ट्रिय नारी दिवसलाई खल्लो बनाएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवस अथवा महिलासंग सम्बन्धित अन्य दिवसअह मनाइरहदा सयौं निर्मलाहरुले भोगेका पीडालाई स्मरण गरिनै पर्दछ । अहिले पनि दूरदराजका गाउ“वस्तीमा महिलाको अवस्थामा खासै सुधार आउन नसकेको तितो सत्यलाई चर्चा गरिनु पर्दछ । निर्वाचित जनप्रतिनिधि भइसक्दा पनि गाउ“घर तथा आफ्नो कार्यक्षेत्रमा अझैं पनि जातीय विभेद भोगिरहेका दलित महिलाको कथाव्यथाबारे बहस हुनुपर्दछ । पटकपटक बोक्सीको आरोपमा चरम शारीरिक तथा मानसिक यातना भोग्न बाध्य पारिएका महिलाका बारेमा छलफल गरिनु पर्दछ । धेरैजसो दिवसहरु औपचारिकता पुरा गर्नका लागि मनाइने गरिन्छ । अथवा कार्यक्रम गर्नका लागि मात्रै कार्यक्रम गरिन्छ । त्यसैले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहदा नारीको अधिकार, सम्मान तथा न्यायका लागि राज्य तथा गैरराज्य पक्षबाट केकस्ता प्रयास गरिए ?,ती प्रयासहरु कत्तिको प्रभावकारी भए ? भन्ने गम्भीर समिक्षा हुनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार