फोहोरमैला व्यवस्थापन केन्द्रबारे समीक्षा बैठक
धनगढी । एसियाली विकास बैंकको आर्थिक सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा बन्न लागेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रबारे समीक्षा बैठक बिहीबार धनगढीमा भएको छ ।
केही दिनअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १ र २ का स्थानीयलाई नेपालगञ्ज, दाङ, धनकुटा, पोखरा, नवलपरासी लगायतका स्थानमा फोहोरमैला व्यवस्थापन अवलोकन गरेर आएका स्थानीयहरूस“ग समीक्षा गरिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए ।
उनले अवलोकनमा गएका स्थानीयहरू फोहोरमैला व्यवस्थापन केन्द्र बन्नुपर्ने पक्षमा आएको समीक्षाबाट पाइएको बताए । “जसरी उहाँहरू फोहोरले दुर्गन्ध फैलन्छ र शुद्ध हावा, खानेपानीबाट वञ्चित हुनुपर्छ भनिरहेका थिए । अवलोकनपश्चात त्यस्तो नहुने पाइएको प्रतिक्रिया पाए” नगर प्रमुख वडले भने, “स्थानीयको एउटै चिन्ता प्राप्त भयो फोहोर व्यवस्थापनमा जोड दिनुपर्ने र प्रभावित वस्तीलाई सेवासुविधा दिनुपर्ने माग आयो ।”