लागूऔषध तथा जुवातास विरुद्ध अभियान
बौनिया । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा रहेको प्रहरी चौकी अमरावतीले पछिल्लो समयमा लागू पदार्थ दुव्र्यसनी तथा जुवातास खेल्ने लगायतका कार्यमा कडाईका नियन्त्रण गरिरहेको छ ।
चौकी इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक रणबहादुर बुढाले स्थानिय जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, बडघर, सामुदायिक वन तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र संघसंस्थाका प्रतिनिधिसँगको छलफलमा सबैको सहयोग र समन्वयमा लागूऔषध दुव्र्यशन तथा जुवातास नियन्त्रण अभिायान प्रभावकारी रूपमा अघि बढाइएको बताए ।