१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : जनतालाई अधिकारसम्पन्न बनाउने अवसर



आज दोस्रो चरणको निर्वाचनको मतदान हुने दिन । केही आशंका रहे पनि अन्नतः दोस्रो चरणको निर्वाचन भएको छ । निर्वाचनको विरोधमा रहेका मधेसकेन्द्रीत दल राष्ट्रिय जनता पार्टीका सदस्यहरूले स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिएका छन् । त्यस्तै, निर्वाचनको विरोधमा रहेको नेकपा माओवादी (विप्लव) ले बन्द लगायतका कार्यक्रम घोषणा गरे पनि कुनै प्रभाव परेको छैन । संविधान संशोधन नगरी स्थानीय निर्वाचनमा भाग नलिने अन्तिम समयसम्म पनि अडान राखेको राजपा नेतृत्व आखिरमा आफ्ना स्थानीय तहका कार्यकर्ताको दबाव थेग्न नसक्ने अवस्थामा पुगेको छ । राजपा नेतृत्वले केन्द्रमा जतिसुकै कठोर निर्णय गरे पनि अहिले निर्वाचन हुन लागेका प्रदेशहरूका कतिपय स्थानीय तहमा सो पार्टीका सदस्यहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएपछि अन्ततः नेताहरू पनि आफ्ना उम्मेदवारलाई जिताउन जिल्ला फर्किएका छन् । वास्तवमा यो लोकतान्त्रिक प्रक्रियाको विजय हो । संविधानको पूर्ण कार्यान्वयनका लागि सबैभन्दा बलियो आधारका रूपमा रहेको स्थानीय तह निर्वाचनमा सबै नेपाली सहभागी हुनु भनेको लोकतन्त्रको जीत हो भन्नेमा विमती रहदैन ।
त्यसै पनि बीस वर्षपछि स्थानीय तह निर्वाचन हु“दै छ । त्यसैमा यो निर्वाचन र पहिलेका स्थानीय निकाय निर्वाचनमा तात्वीक अन्तर रहेको छ । संविधानले स्थानीय तहलाई स्थानीय सरकारका रूपमा राखेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार प्रयोग गर्न पाउने भएकाले स्थानीय तह निर्वाचनप्रति यतिवेला सबैको ध्यान केन्द्रीत भएको अवस्था छ । त्यसै भएर नै अहिले स्थानीय तहका वडा सदस्यको पनि हैसियत निकै बढेको अवस्था छ । पहिलो पनि आम नागरिकले आफ्नो घरदैलोमा सिंहदरवारको अधिकार आएको अनुभव गर्दैछन् । यसले हाम्रो लोकतान्त्रिक राज्य प्रणालीलाई व्यापक बनाएको छ । जनताहरू साच्चै नै शासनको अधिकारी भएको महसुस गर्दैछन् । त्यसैले यो निर्वाचन मुलुकका सबै निर्वाचन भन्दा सर्वाधिक उत्साहपूर्ण र महत्वपूर्ण बनेको छ । केही पक्षबाट अहिले पनि निर्वाचनमा बाधा पु¥याउने दुस्साहस गरिरहेको केही घटनाले देखाएको छ । तर, नेपाली जनतामा उर्लेको उत्साहका कारण निर्वाचन विरोधी तत्वहरू नैपथ्यमा धकेलिएको विश्लेषण अन्यथा हु“दैन । लोकतन्त्र, संविधान, र नेपाली जनताको जीत हुने गरी भइरहेको स्थानीय तह निर्वाचनलाई सफल बनाउनु सबैको दायित्व पनि भएको छ ।
हो, यो निर्वाचनमा पनि केही उम्मेदवारहरूले रकम, प्रलोभन, मदिरामासु, भोजभतेर आदि हतकण्डा अपनाएर चुनाव परिणामलाई आफ्नो पक्षमा पार्ने हरसम्भव प्रयास गरिरहेका पनि उदाहरण छन् । त्यस्तै, राजनीतिक दल तथा तिनका उम्मेदवारहरूप्रति जनतामा घृणा सिर्जना गरेर निर्दलीय चरित्रका व्यक्तिको गुणगान गाउने तत्वहरू पनि सल्बलाएको अवस्था छ । तर, नेपालमा बहुदलीय प्रजातन्त्रको अभ्यासमा आम जनता अभ्यस्त भइसकेकाले चुनावी परिणाम पनि अन्यथा हुने सम्भावना देखिदैन । पहिलो चरणको निर्वाचनको परिणामले पनि लगभग सतप्रतिशत सिटमा राजनीतिक दलका उम्मेदवारहरूले नै विजय प्राप्त गरेको देखाएको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न रकमको चलखेल, दारुमासु, भोजभतेर, अनेक प्रलोभन, करकाप आदि जेसुकै हतकण्डा अपनाइए पनि मतदाताहरूले विवेक प्रयोग गरेर मतदान गर्नेमा शंका रहदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार