७ बैशाख २०८१, शुक्रबार

स्थानीय निकायमा कामकाज ठप्प



धनगढी  ।  कैलालीका स्थानिय निकायहरू तीनदिन देखि ठप्प हु“दा सेवाग्राहीहरू मारमा परेका छन् ।
स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिको आन्दोलनका कारण जिल्लाका नगरपालिका, उपमहानगरपालिका, गाविस र जिल्ला विकास समिति तीन दिनदेखि सुनसान बनेको छ ।
स्थानिय निकायका कर्मचारी आन्दोलनमा हु“दा पञ्जीकरण, नक्सा पास, नागरिकता सिफारिस लगायतका काम लिएर गाविस, नगरपालिका, उपमहानगरपालिका धाउने सेवाग्राहीहरू निराश भएर फर्किरहेका छन् ।
कर्मचारीहरूको सेवा सुरक्षा र बृत्ति विकासलाई लक्षित गरेर स्थानीय निकाय ट्रेड युनियन जिल्ला समन्वय समिति माघ २७ गतेदेखि आन्दोलनका कार्यक्रम गरिरहेको थियो । माघ २८ गते तीन घण्टा कलम बन्द गरेका कर्मचारीहरूले फागुन एक गतेदेखि काम काज ठप्प गर्दा सेवाग्राहीहरू तीन दिनदेखि सेवाग्राहीहरू मारमा परिरहेका छन् ।
समन्वय समितिले लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधि नह“ुदा विकास निर्माणका काममा बाधा पुगेकाले अबिलम्ब स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने, नया“ संविधानको मर्म र भावना अनुरूप स्थानीय तहबाट जनअपेक्षाबमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन् ।
समितिले दुई गतेदेखि अनिश्चितकालिन धर्ना, कामकाज ठप्प गर्नुका साथै जिल्लामा स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला इन्जिनियर, कार्यकारी अधिकृत लगायत निजामति कर्मचारी र गाविस सचिवहरूलाई कार्यालय प्रवेश निषेध गरेको छ ।
जिल्ला विकास समितिको कार्यालयसहित पा“च नगरपालिका, एक उपमहानगरपालिका र २८ गाविसमा तीन दिनदेखि कामकाज ठप्प रहेको स्थानीय निकाय टे«ड यूनियन जिल्ला समिति संघ कैलालीका अध्यक्ष योगेन्द्रबहादुर चन्दले जानकारी दिए ।
उनले स्थानीय निकायमा वर्षौदेखि अस्थायी तथा करारमा रहेका करिब छ हजार कर्मचारीको सेवालाई निरन्तरता दि“दै अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशहरूबाटै स्थायीत्व र व्यवस्थापनको कुरा सम्बोधन हुनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार