१४ बैशाख २०८१, शुक्रबार

सरस्वती एग्रोको उपआयोजना सञ्चालनमा



बौनिया । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० पिपरौवास्थित सरस्वती एग्रो ईन्ड्रस्टिजद्वारा सञ्चालित मसुरो उत्पादन, संकलन, प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चालनमा आएको छ ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको दुई करोड ३० लाख २४ हजार रुपैयाँ अनुदान सहयोग र सरस्वती एग्रोको तीन करोड २७ लाख रुपैयाँ लागतमा सो उपआयोजना सञ्चालनमा आएको हो ।
उपआयोजनाको निर्माण कार्य २०७२ साल माघ १५ गतेदेखि शुरु भएको खरिद समिति संयोजक कर्णबहादुर कुँवरले जानकारी दिए ।
उनले स्थानीय स्तरमा मसुरो बाली उत्पादनमा संलग्न कृषकलाई प्रशोधन तथा बजारीकरणका माध्यमबाट मूल्य श्रृंखलामा आवद्ध गराई आयआर्जन मार्फत गरिबी कम गराउन सहयोग पुर्‍याउने उद्देश्य रहेको बताए ।
उत्पादित मसुरोको प्रशोधन गरी निर्यातयोग्य बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय दालको आपूर्ति बढाउने पनि उपआयोजनको उद्देश्य रहेको छ । यसैगरी, मसुरो उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाई पुर्व उत्पादन खरिद सम्झौता मार्फत कृषकका उत्पादनहरूलाई बजारीकरण गराइने उनले बताए ।
उपआयोजनाले कृषकहरूलाई मसुरो खेती तालिम, मसुरो रेखदेख तथा संरक्षण लगायतका तालिम दिई उन्नत जातको विउ (खजुरा), स्र्टे्रटंकी, पावर टिलर वितरण गरेको सदस्य सचिव दिलिप खडकाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार