१४ बैशाख २०८१, शुक्रबार

मंसिर २ गते शनिबार @ टीकापुर पार्क (फोटो फिचर)



टीकापुर । मंसिर २ गते शनिबार टीकापुर पार्कमा आन्तरिक तथा वाह्य पर्यटकको घुइचो लागेको छ । शनिबार एकै दिन कैलाली, बर्दिया, बाके, सुर्खेत दाङ लगायतका स्थानबाट हजारौं पर्यटक भ्रमण तथा बनभोजका लागि टीकापुर पुगेका छन् ।
शनिबार प्रवेश शुल्क मात्रै एक लाख ५६ हजार रुपैया उठेको पार्कका इञ्चार्ज अर्जुन कुवरले बताए । पार्क प्रवेश गर्दा प्रतिव्यक्ति रु. २५ रुपैया शुल्क लाग्छ भने विद्यार्थीलाई १५ रुपैया लाग्छ । शनिबारको दिन भएकाले विभिन्न विद्यालयका विद्यार्थीहरु, धार्मिक संस्थाका समूहहरु तथा पारिवारिक जमघट भएका छन् ।
पार्क इञ्चार्ज कुवरले कात्तिकमा एकैदिन एक लाख ७० हजार रुपैया उठेको बताए । उनले पार्क प्रवेश गर्नेको संख्याका आधारमा शनिबार आजसम्मकै सर्वाधिक भएपनि विद्यार्थी धेरै भएकाले प्रवेश शुल्क कम देखिएको बताए ।
टीकापुर पार्कका शनिबार एकैदिन दश हजार भन्दा बढी मानिसले अवलोकन गरेको अनुमान छ । उनीहरु सय भन्दा बढी बसमा आएका हुन् । यसैगरी केही पर्यटकहरु जीप, ट्याक्टर, डन्लप, मोटरसाइकलमा पनि आएका थिए ।

(तस्बिरहरू ः एकिन्द्र तिमिल्सिना)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार