१४ बैशाख २०८१, शुक्रबार

गौरा पर्वमा फुटबल प्रतियोगिता हुने



कञ्चनपुर । गौरा पर्वका अवसरमा कञ्चनपुरको बेल्डाँडीमा खुला फुटवल प्रतियोगिता हुने भएको छ ।
अलस्टार यूवा क्लवको आयोजनामा भदौ दोस्रो सातादेखि बेल्डाँडीमा फुटबल प्रतियोगिता हुने जनाइएको छ ।
बुधबार अलस्टार यूवा क्लवले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भदौ १० गतेदेखि बेल्डाँडी गाउँपालिकाको गौरा पर्व हुने कालिका मन्दिर परिसरमा सो प्रतियोगिता सञ्चालन हुने क्लवका अध्यक्ष चेतबहादुर शाहले बताए ।
प्रतियोगितामा विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार